Monday, June 29, 2015

पासापुसा बेल्जियमद्धारा आयोजित च्यारिटि कार्यक्रम

सरद डायरि । आईतबार, अषाढ १३, २०७२ 
फ्र्यान्कफ्रटका केहि बिशेष ठाउमा मात्र घुमाईलाई छोट्याए बेल्जियमको बेलुकाको च्यारिटि कन्सर्टमा जसरि भएपनि पुग्नुपर्ने अनुरोध आएकोले सोहि बमोजिम जर्मनको भ्रमण सम्पन्न गरियो । 
निर्धारित समय अघि नै बेल्जियमको थेटर एअरलेक् नामक स्थानमा पासापुसा बेल्जियमद्धारा आयोजित कार्यक्रममा सहभागि भयौं ।
हामिलाई बिशेष अतिथिको आषणग्रहण पश्चात कार्यक्रमको थालनी भयो । जहा र जस्तो रुपका कार्यक्रममा पनि हामि नेपालीपन र पारा चाहि यहा पनि उस्तै रहेछ, दर्जनौं संघसंस्थाको पदाधिकारिहरुको आषणग्रहण, करिवन सबैको भाषण र फिटलो समय ब्यबस्थापन संगै भोलि विहान सम्मको लामो कार्यक्रम शुरु भयो । जेहोस, नेपाल देखी आमन्त्रीत चर्चित कलाकारको आगमन र उहाहरुबाटको कम्तिमा एकएकवटा गित भएपनि सुन्न मन लागेकोले करिवन २ घण्टा जतिको सो हेरेपश्चात हाम्रो तर्फबाट पनि नेपालको बिपत्तिमा सहयोग जनाउने एकबद्धता जनायौं । खल्तिमा भएको केहि युरोको नोठले आर्थिक सहयोग स्वरुप नाम टिपाएर हस्तान्तरण गरे । साथै अर्को खुशिको कुरा बिगतमा म आवद्ध संस्थाले मेरो नेतृत्वको वेलामा जापानकै बृहत रुपमा सम्पन्न कन्सर्ट प्रोगाम आयोजना हुदा मैले रोजेर आमन्त्रीत गरिएको चर्चित कलाकार प्रमोद खरेल भाईलाई भेट्न पाउने र आजको प्रमुख अतिथि कलाकार हुनुहुदो रहेछ ज्यादै खुशी लाग्यो, साथै म जापानमा आवद्ध म्याग्देली संञ्जाल,  बेल्जियमका पदाधिकारिहरु संग पनि चिनापर्चि र भेट्ने सौंभाग्य मिल्यो । आयोजकलाई कोटिकोटि नमन् ।
त्यस वखतको केहि झलकहरु जस्ताको तस्तै तलतिर... 

अतिथिहरु



 

 म्याग्देली संञ्जाल बेल्जियमका अध्यक्ष तथा पासापुसाका वरिष्ठ उपाध्यक्ष गोविन्द श्रेष्ठ भाई संग 

  म्याग्देली संञ्जाल बेल्जियमका साथीहरुसंग
 

No comments: