Sunday, October 23, 2011

जापान भ्रमणमा रहनु भएका शेरचन दंम्पतिको बिदाई समारोह सम्पन्न ।

सरद डायरि । शनिबार कार्तिक ५, २०६८
नेपालदेखि पाल्नु भएका हरि बहादुर शेरचन तथा हरि कुमारि शेरचनज्यु अर्थात थकाली सेवा समिती जापानका प्रवक्ता राजु शेरचन् ज्युको पुज्यनिय बुवा तथा मुवाहरुको जापानको करिव डेढ महिनाको घुमाई पश्चात अब बाकि ३ दिन पछि फर्किने कार्यक्रमतय भएकोले आजका दिनमै उहाहरुको संम्मानमा थसेस जापान र उहाहरुको दाजुभाई,चेलिज्वाई एवं अन्य संम्बन्धित ईष्टमित्रहरुले सयुक्त रुपमा बिढाई गर्ने कार्यक्रम राखिएको थियौं ।
शनिबारको दिन भएकोले पनि केहि साथीहरु काम सकेर आउदा ढिला गरि पाल्नुभयो ।
बेलुका देखि बिहान सम्मै बस्ने मनसाय बनाईएकोले सबैजना भेटघाट गर्दा बेलुकाको करिवन ८ नाघिसकेको थियो ।
जम्मा भईसकेपछि हलुका भलाकुसारि गर्दै र बियर चुस्कि संगै थकाली परिकारले स्वागत पायौं सोल्टि रेष्टुरेन्ट एन्ड बार कावासाकिस्थित रेष्टुरेन्टबाट ।
तत्पश्चात बिदाई सम्मान गर्नको लागि औपचारिकता तर्फ कार्यक्रम बढाउनको लागि भाई दिपक गौचनले माईक समातेर कार्यक्रमको थालनि गर्नुभयो ।
उदघोषण गर्दै क्रमश नाम बोलाउदै सबभन्दा पहिला दाजुभाई, चेलिज्वाई र थसेसको तर्फबाट पालैपालो खादा ओढाई बिदाई गर्ने कार्य सम्पन्न भयो । त्यसपश्चात २ शब्द बिदाई सम्मान सहित थसेसका अध्यक्षको नाताले म स्वयय र चेलिज्वाईको तर्फबाट उदय गौचन, उहाकै सुपुत्र राजु शेरचनले मन्तब्य राख्नु भयो  र अन्तमा फर्किनुहुने स्वयम हरि बहादुर शेरचनज्युले हामि जापानबासि सबैलाई साह्रै नै गहकिलो शब्दले आफ्नो लक्ष्य पुरा गर्न हरेस नखाई हरपल प्रयास गर्नुस भन्दै अन्तमा सु-स्वास्थ र दिर्घायु सहित शुभकामना समेतको मन्तब्य दिनुभयो ।
त्यसपश्चात खानपिन, कुराकानिको साथै नाचगान कार्यक्रम बिहानको साँढे दुई बजेसम्म पारिवारिक बातावरणमा अति नै रमाईलो संग सम्पन्न भएको थियो ।

No comments: