Saturday, May 17, 2008

Birthaday Party

जन्म दीनको सजिसजावोत (साइनबोर्ड)
मित्रहरुको परिवार जन्म दिन केकको क्यान्डल फुक्दै
सरद डायरी । शुक्रबार, जेठ ३, २०६५

अमेरिका आएपछि चिनजान भएको एकजना मेरो मित्रको छोराको जन्मदिनको उपलक्ष्यमा आज पार्टी थियो । मलाई जसरी भएपनि आउन निमान्त्रना आएकोले बेलुका ७ बजेतिर जाने कार्यक्रम थियो । साथै मलाई एउटा गिफ्ट पनी जसरी पनी लानु पर्ने थियो । तर मलाई कहा कसरी कस्तो सामान किन्ने भन्ने राम्रो जानकारी नभएकोले एउटा स्यमाश क्लब नामक सप्पिंग सेंटर मा गए । त्यहा सबैखालका सरसामान पाउदों रहेछ, यसो हेरेको राम्रै खालको एउटा सेट ड्रेस देखे । त्यहीँ सेट किन्ने मनसाय अनुसार सामान लगेर क्यासेरमा दीयको त उनले कार्ड छ भनी सोधिन ? मैले कार्ड छैन भनेको त मेम्बर कार्ड नभए किन्न नमिल्ने कुरा बताईंन् । अनी अचम्म लागेर सोधेको त सरसामानहरू धेरै सस्तो भएको तर मेम्बर बनेको मान्छेलाई मात्र बिक्री गर्ने स्यिस्तम रहेछ, तपाई पनी मेम्बर बन्न सक्नु हुन्छ तर मेम्बर फी ४० डलर लाग्ने कुरा बताईंन् । त्यसपछि यसो सोचे गिफ्ट त मलाई जसरी पनी लग्नु पर्ने भएकोले ४० डलर तिरेर मेम्बर बनी उक्त सामान कीने । अनी पैसा बुझाई सामान लिए । अनी यो गिफ्ट को लागी हो । सामान रयापिंग गर्न अनुरोध गरेको त । के को रयापिंग नि । सामान राखने झोला पनी नदीने स्यिस्तम रहेछ । अनी पर्यो अर्को फसाद । बर्थडे को गिफ्ट भएकोले मलाई जसरी भएपनि रयापिंग गर्नु थियो । तेहि दिनमा एकजना अमेरिकन मित्र जिम को घरमा जानू थियो । जीमलाई भने पछी कही उपाए लाग्ला भनी सोचेको थिए । जिमको घरमा जिम लाई भनेको त उहाले एकदमै राम्रो पलास्टिक मा र्याप गरीदिनु भयो । अनी लागे ६ बजेतिर जिमको घरबाट बर्थडे पार्टी हुने मित्रको घर तीर ।

नाचागानको केहि झलक (भिडियो क्लिपमा)

No comments: