Monday, May 26, 2008

Losangeles Downtown,Hollywood and Beverley hills

एस.के, हलिउद पछाड़ी पार्दै को फोटो
भाउज्यू हरुको फोटो
सामूहिक फोटो मित्रहरु संग
एस.के,एकल एक्सन गर्दै


सरद डायरी । आइतबार, जेठ १२, २०६५

आज मेरो मित्र को साथी उत्तर क्यालिफोर्निया देखि हामी भएको ठाउ सम्म घुम्न आउनु भएकोले हामीहरु आज हलिउड । बिबरिहिल्ज़ र लोसएन्जेलस घुम्न जाने कुरा भयो । खाना खाईवोरी हिदियो । ४ परिवार भएकोले हामीहरु ३ वोटा कारमा लागियो । ढेड घन्टामा हलिउड पुगियो । फोटो खिच्ने र केहि ठाउहरू घुम्ने काम सकियपछि
लागियो बिबरिहिल्ज़ तीर । तर एक परिवार चडेको कार भने बिचै को बातो मा हरायपछि उहालाई शिधै डेरामा फर्किन लगाई हामी २ वोटा कारका साथिहरु लाग्यौ बिबरिहिल्ज़ तीर । हामीलाई तेती मजा नआएनी एसो हेरेर फर्किने बिचैको बाटोमा बाहिर देखि घुम्न आउनु भएको साथी त्यहिबाट छुत्तिनु भयो । अनी हामीहरु लोसंएन्जेलस दाउनताउन तीर लाग्यों । एकैछिनमा लोसंएन्जेलस दाउनताउनमा पुगेपछि ओर्लिएर फोटो खिची लागियो डेरा तीर ।

No comments: