Monday, May 5, 2008

Rose Drive Friends Church

एस.के, अमेरीकन मित्र जेन ज्यू उहाको श्रीमती संग
पास्टर जिम ज्यू ले उपस्थित महानुभाबहरुलाई बक्त्यब्य दिनुहुदै
उपस्थित महानुभाबहरु
बालबालिकाले आफ्नो कला प्रदसन गर्दै
कार्यक्रम को सुरुआत को एक दृश्य
सरद डायरी । आइतबार, बैषाख २२, २०६५

आज मे ४ तारिख आईतबारका दिन अमेरिकन मित्र जेन ले मलाई बोलाउनु भएको थियो । हामिहरुको सल्लाह अनुसार नै बिहानको ८ बजे कमिन्युति सेन्ट्रर अगाडी भेटघाट गरियो । अनी गाडीमा चढी लागियो गन्त्यब्यतिर । गाडीमा उहाले जानाकारि दिनुभयो कि हामिहरु चर्ज मा जान लागेको र त्यहा धर्म पनि गर्न पाईने , अंग्रेजी भाषाको पनी अभ्यास हुने , अमेरिकन हरुको भाषा, संष्क्रिति र रहनसहन चालचलनको बारेमा जानाकारि पाईने भएकोले म खुशी थीए ।
केहि समय मै हामिहरु उक्त स्थलमा (रोज ड्राईभ फ्रेन्ड चर्ज) पुगियो ।
त्यहाको चहलपहल नै फरक थियो। सुकिला कपडा लगाएका गोरा गोरी मात्र,अत्यन्तै ब्यबस्थित हल, भित्र पोस्न बित्तिक्कै सबैलाई सत्कार गर्ने मान्छेहरु, अती सम्मानका साथ आजको सम्पुर्ण कार्यक्रमको जानकारि दीने मान्छेहरु, र सबै हसिला र एकअर्कामा धाप मार्दै रमाईरहेको द्रिश्य पनि अति रोचक थियो । म क्यालिफोर्नियामा आएको करिब १ महिना भएपनि आज को दिन जस्तो धेरै अमेरिकन संग भेटेको र बल्ल मलाई अमेरिका आएको हो की जस्तो भान भएको थियो ।
मलाई पनि जेनले धेरै मित्रहरुलाई चिनाउनुभयो ,सबैसंग चिनापर्ची गरि उहाहरुकै नक्कल गरे, सबै ले मलाई खुबै स्वागत गर्नुभयो । केहि मित्रहरु त केहि समय अगाडी नेपाल जानु भएको कुरा पनि जानकारि गराउनु भयो ।
केहि समय पछी कार्यक्रम शुरुभयो। शुरुमा ग्रुपिंङ गितबाट शुरु भएको कार्यक्रम अधिकांश को समय १ जना पास्टर (गुरु) ले प्रबचन दिनुहुने रहेछ र बिचबिचको समयमा सामुहिक बालबालीकाको गित र नाच पनि हुदो रहेछ । अत्यन्तै सौहार्द पुर्ण रुपले १ घण्टा बितेको पत्तो नै पाईएनछ । जेनले कफी खान जाउ भनेपछी मात्र म झस्के ।
बाहिर केक,बिस्कुट,मिठाई,चकलेट् र कफी,चिया,ज्युस टेबुलमा लस्करै लाईनमा राखीएको थियो। आफैले झीकेर खानुपर्ने रहेछ,तर जेनको स्रिमतिले मलाई सोधी मेरो अर्डर बमोजिम सबै झिकेर ल्याईदिनुभयो । मैले पैसा दिनुपर्नेहोकि भनि सोधेको त सबै फ्रीमा हो भन्नु भयो मलाई अचम्म लाग्यो यो चर्ज कसरि संचालन गरेको होला भनि ..........

No comments: