Wednesday, May 28, 2008

Vietnam Restaurent in fullerton

एस,के, सहित मित्रहरुको सामुहिक फोटो
महिला मित्र आफ्नो भाग धेरै देखेर दंङ्ग पर्दै
मित्रहरुको लन्च लिदाको केहि झलक




सरद डायरी । मंगलबार, जेष्ठ १४ , २०६५


लन्चको लागि मित्रहरुले भेटनामि खाना मिठो छ भनि कुरा राख्नु भएकोले आज त्यहि खान जाने कुरा भयो ।
हाम्रो डेपार्टको साथीहरु म लगायत करिब ८ जना जति लाग्यौ साथिहरुको कारमा बाडीएर । ठाउ त्यति टाढा रहेनछ करिब १५ मिनेट मै गन्तब्यस्थलमा पुगेपछि सिटको लागि भने १५ मिनेट जति नै कुर्न पर्यो । जे होस ठाउ खालि भएपछी सर्भिस म्यानले सित देखाउदै बस्न संकेत गरिन ।
मलाई अमेरिका आएपछी पहिलो चोटीको भेटनाम रेष्टुरेन्ट भएकोले के मिठो हुने र कस्तो खाना भन्ने त्यति एकिन नभएपनि मित्रहरुको सहयोग र फोटो भएकोले सजिलै अर्डर गरे । सबै मित्रहरुले थुक्पा चाउमिन मिठो भनेता पनि मैले चाहि फ्राई नुडल अर्डर गरे । साथमा सबैले सेयर गर्ने तरिकाले केहि फ्राई ईस्प्रिन्ग रोल , भुटेको मम र केहि काचो सागपात पनि अर्डर गर्नुभयो मित्रहरुले।
खाना करिब चाईनिज खानासंग मिलेपनि टेष्ट भने केहि फरक पाए । तर मुल्य भने निकै सस्तो भएकोले यहा पनि निकै भिड हुदो रहेछ ।

No comments: