Thursday, May 8, 2008

Chinese restaurent for lunch

जिम र अरु मित्रहरुसंग सामूहिक फोटो
मित्रहरु लन्च लिदै गर्दाको एक झलक
क्यामेरा तीर सबै मित्रले एक्सन लिदै


सरद डायरी । बुधबार, बैसाख २५, २०६५

भिष्ट्र नामक चाईनिज रेष्टुरेन्ट, योर्बालिन्डामा बिल्डिङमा बफे खाना खान पसियो आजको लन्चको लागि। बिशेष गरेर स्यानहाईको टेष्ट रहेछ यो रेष्टुरेन्टको । हामि आज निकै धेरै संख्या भएकोले एउटा टेबुलमा अटाउने कुरै भएन अत दुईवटा टेबलमा बसियो मा लगायत सबै मित्रहरु ।
पानी र न्यापकिन राख्दै सर्भरले आफै झिकेर खाने सेल्फ सर्भिस हो भन्दै खानाको लस्कर तिर देखाईन अनि केहि ड्रिङ्क चाहिने हो कि भनि सोधिन, हामिले ड्रिङ्क चाहिदैन पानी भए हुन्छ भन्यै ।
चिकन,पोर्क र भेजितेबल साथमा होवाईट राईस,फ्राईस राईस अनि केहि डम्पिलिङ र फ्रुट,डेर्जाट समेत खानाको लाईन लागेको थियो लस्करमा । जति झिकेर खाएपनि जम्मा ८ डलर मात्र रहेछ । झिक्नु भन्दा पहिला खुब खाने बिचार भएपनि अलि अलि झिक्दा नै २ वटा प्लेट नै भरियो । अनि खान बसेको त कहा त्यो २ प्लेट पनि सबै सक्न खुब मुस्किल पर्यो ।
कोहि मित्रहरु त ३,४ चोटी थप्ने मित्रहरु पनि हुनुहुन्थ्यो भने म बाहेक सबैले २ पटक त सबैले थप्नुभयो। मलाई लाग्यो कि अमेरिकनको जिउले नै दिएकोले खान सक्ने हुन जस्तो लाग्यो, जे होस महिले चाहि एकैचोटी डेर्जाट तिर लागे । डेर्जाट (फलफुल,दुधको परिकार, पुरिन) भने मैले २ चोटी थपेर खाए ।

No comments: