Friday, March 20, 2009

जापान नेपाल सोसाईटिको आयोजनामा खेलकुद प्रतिस्प्रधा

कराते सो मा बेसबलको बट्टर भाच्दै
मित्रहरुसंग सामुहिक झलक
चिया लेडिहरुले सो देखाउदै
तामाङ्ग सेलोमा नाच्दै कलाकार

सरद डायरी । शुक्रबार, चैत्र ७, २०६५

जापान नेपाल सोसाईटिको आयोजनामा जापानी र नेपालीहरुको संयुत्त रुपमा खेलकुद कार्यक्रम थियो युमेनो क्योकुज्यो मैदान सिन्किबा भन्ने ठाउमा ।
मित्रहरु संग सांधे नौं बजे सिन्किबा स्टेशनमा भेटने कार्यक्रम भएपनी म र मनोज गजुरेल जि त्यहा पुग्दा १० बजि सकेको थियो । हिजो बेलुका ढिलो सम्म गफगाफ गरि अबेर सम्म बसेको हुनाले बिहान त भुसुक्कै निदाईएछ । अत हामि पुग्दा त मित्रहरु खेल मैदानमा पुगेर खेल खेल्नु अगाडिको तयारि (ज्युन्बी ताईस्यो) गर्दै हुनुहुन्थ्यो । जेहोस हामि पुगेपछि एकैछिन पछि मात्र खेल शुरुभयो । डौड बाट शुरु भएको खेल बालबच्चा र बहस्यहरुको प्रतिस्प्रधा बाट शुरु गर्दै ५०मिटर डौड, १००मिटर डौड, छेलो, भाले जुधाई, डन्डिबियो, चुन्गि र लुठो तान्ने खेल खेल्दा त दिउसोको ३ बजिसकेको रहेछ । म भने खेल्ने मन भएपनी आयोजक समितिको सदस्यको नाताले गर्दा रेफ्रि र एमसिको काम गर्दैमा थिक्क भयो ।
खेलाडिहरुको खेलको प्रतिस्प्रधा बाहेक नाचगान,कराते डेमो र चियर लेडि सोले पनी अति रौनक थपेको थियो ।
बेलुका नेकपा माओबादिको साधारण सभामा निम्ता आएको हुनाले सबै साथिहरु लागियो हतार हतार गर्दै गाडि चढेर ईकेगामि खाकाईकान तिर ।

No comments: