Sunday, March 22, 2009

जापानमा साईद जुरयो नेपालीलाई मार्च महिना

नेपाली जनसम्पर्क समितीको अधिबेशनमा जापानीले नृत्य प्रदशन गर्दै
जनप्रगतिशिल मोर्चाको अधिबेशनको झकल

सरद दायरि । शनिबार, चैत्र ८, २०६५

जापानमा २००९ सालको मार्च महिनामा नेपालीहरुको लागि साईद जुरेको थियो बिबिध नेपाली कार्यक्रम गर्नको लागि । हुनपनी एकपछि अर्को कार्यक्रमको ताति थियो मार्चको तेस्रो हप्ताको ३ दिनको छुट्टिमा । सोच्नै नसकिने एकै दिनमा ३ वटा कार्यक्रम सम्म आयोजना गरिएको थियो कुनै दिनमा त । आयोजक पनि कोहि राजनितिक पार्टि,कोहि सामाजिक संगठन,कोहि जातिय संगठन र नेपालीको लागि जापानीले गरेको कार्यक्रमहरु अनेक थरिथरिका ।
तर रमाईलो कुरो त के थियो भने, जुनै कार्यक्रममा पनि तिनै नेपाली, तिनै जापानी, त्यसैमाथी तिनिहरु कै एउटै भाषण र सुन्ने मान्छेहरु पनि तिनै।
जेहोस नेपाल देखी आमन्त्रित नेता तोपलिएकाहरुले घोक्रो फुल्याएर न्वाराण देखीको बल हालेर गरेको भाषण भने निकै रोचक थियो ।

No comments: