Sunday, March 29, 2009

ETC प्रयोग कर्तालाई भारि छुट हुने नियम लागु

सरद दायरि । शनिबार, चैत्र १५, २०६५

जापान भरिको हाईओयमा ईटिसी (Electronic Toll collecction) प्रयोगकर्तालाई भारि छुट हुने नियम आज मार्च २८ तारिख देखी लागु हुने भएको छ ।
समाचार श्रोतका अनुसार टोक्यो र ओसाकाको केहि हाईओय बाहेक सबै क्षेत्रको हाईओयमा १००० ऐेनले मोटर गुडाउन पाउने प्राबधान रहेको छ । शनिबार,आईतबार र सरकारि बिदा (सार्बजनिक बिदा)मा त जति पटक ओहोरदोहोर गरेपनी जम्मा एकहजार ऐेन ले मोटर डौडाउन पाईने छ ।
जापानमा १०० बर्ष मा १ पटक आउने भनाई भएको आर्थिक मन्दि का कारण गिर्दो अर्थतन्त्र,बेरोजगारिको समस्याले चौपट भएको बेलामा सरकारको यो नितिले जापानकै अर्थतन्त्रमै प्रभाबकारि पार्ने सरकारि निकायहरुको भनाई छ ।
संसारको बिकशीत देशहरुको करिब १ दर्जन देशमा मात्रै प्रचलित ईटिसि प्रयोजन, हाईओयको मुल द्धार र निक्लने द्धारमा राखीएको एन्टिनाले मोटरमा सेटअप गरिएको बिशेष किसिमको कम्युटर (ईटिसि) संग सेन्सर मार्फत अटो क्याच गरि रेकर्ड राख्दछ । त्यहि रेकर्डको आधारमा प्रयोगकर्तासंग बिल भुत्तानि लिने गरेको छ ।

No comments: