Monday, March 30, 2009

थसेस जापान द्धारा तोरन्ल्ह भब्य संग मनाईने ।

छलफलमा ब्यस्त सम्पुर्ण सदस्यहरु


सरद डायरि । आईतबार, चैत्र १६, २०६५

थसेसको १८आौं शुभकामना सांझ सम्पन्न भएपछिको बैठकमा मैले पनि उपस्थिति जनाएको थिए । कार्यक्रममा भएको आयब्ययको हरहिसाब लगायत अन्य बिबिध कुराहरुमा छलफल भयो ।
बिशेष गरेर फागुपुर्णिमा तोरन्ल्हको उपलक्ष्यमा बिशेष पार्टि गर्ने तय भएको छ अप्रैलको १९ तारिखमा । सम्पुर्ण जापानबासि थकालीहरुलाई उपस्थिति गराउने योजना अनुसार प्रबेश शुल्क पचास प्रतिशत मिनाहा गर्ने गरि सबैलाई शुभकामना पत्र पत्राचार गर्ने पनि निर्णय भएको छ । साथमा समाजको आयब्यय, बिबिध कृयाकलापहरुको सबै उपस्थिति महानुभावलाई जानाकारि गराउदै रमाईलो पनि गर्ने योजना बनाईएको छ ।
सम्पुर्ण जापानबासि थकालीहरुलाई समेटेर, समाज प्रतिको भावना लाई अझै प्रगाढ पार्दै तिब्ररुपले थसेस जापानलाई अगाडि बढाउने अर्को प्रमुख उदेश्य रहेको छ ।

No comments: