Monday, March 23, 2009

जापानमा मनोज गजुरेल गर्जीए

एम सि,एस के
मनोज गजुरेलको नया नेपालको प्रस्तुति

चिनकि महिला टेनकेईजिले गित गाउदै

रेबिना गौचनले नृत्य प्रदशन गर्दै
सन्तोषी गौचनले नृत्य प्रदशन गर्दै
प्रधानमन्त्री पुष्प कमल दाहालको क्यारिकेचर गर्दै गजुरेल

एलिसा शेरचन र रचना शेरचनको सामुहिक नृत्य


सरद दायरि । आईतबार, चैत्र ९, २०६५
जापानमा पुरानो जातिय संस्थाले चिनिने थकाली सेवा समिति जापानको निमन्त्रणामा जापान आएका हास्यव्यंगय कलाकार मनोज गजुरेलले यस पटक पनि आफ्नो कलाकारिता को झण्डा उच्च बनाएर फर्किए ।
यसभन्दा अगाडी दुईपटक जापान आउदा उनले जापानबासी सबै पुस्ताका दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिएर गएका थिए । मार्च २२ तारिखमा टोक्योको मेगुरोको खचाखच भरिएको कुमिन सेन्टरको हलमा प्रस्तुत १८औं शुभकामना सांझमा गजुरेलले दर्शकलाई हांसोको साथै देश प्रेम,राष्ट्रिय एकता र बिकासको संभावनालाई पनि आफ्नो प्रस्तुतिमा राखेर दर्शकहरुको मन जित्न सफल भएका थिए ।
कार्यक्रममा गजुरेलले क्यारिकेचर,प्यारोडि तथा प्रहशन गरि करिब डेढ घण्टा जापानबासी नेपाली र जापानीहरुलाई पेट मिचिमिचि हांस्न बाध्य बनाएका थिए । कार्यक्रममा अतिथिको रुपमा उपस्थित काग्रेस तथा माओबादीका नेताहरु प्रकाश शरण महत,अर्जुन जोशी,मोहन बैध्य,सिपी गजुरेल,बर्षामान पुन समेत पेट मिचिमिचि हांसिरहेका थिए भने आफ्नै अगाडि उपस्थिति नेतामाथी गजुरेलले व्यंगमयबाण बर्साउदा आम दर्शकले गड्गडा्हट तालीले हौंसला प्रदान गरेका थिए ।
साधें तिन घण्टासम्म चलेको उत्त कार्यक्रममा स्थानिय कलाकारहरु सन्तोषी गौचन,रेबिना गौचन,रचना शेरचन,ऐलिना शेरचन,बिकल शेरचन,सञ्जिब गौचन,अशोक शेरचन,बिश्वास गौचन,बिकल भट्टचन,राजु गौचन,दिपक गौचन र टेनकेई(चिनका महिला) ले समेत नृत्य,गीत तथा प्रहशन प्रस्तुत गरेर दर्शकको मन जितेका थिए ।
थकालीहरुको महान चाड फागुपुर्णीमा को (तोरन्ल्ह) पुनित अवसरमा आयोजना गरिएको उत्त कार्यक्रममा जापानकालागी नेपाली राजदुत डा.गणेश योञ्जन तामाङ्गको प्रमुख अतिथ्त्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिले तिर हानेर अत्यन्तै रोचक ढंगले उदघाटन गरिएको उत्त कार्यक्रममा पहिलो चरण थसेसका महा-सचिब अनिल भट्टचनले कुशल ढंगले संचालन गर्नु भएको थियो । स्वागत मन्त्यब्य भुतपुर्ब अध्यक्ष कृष्ण गौचनले गर्नु हुदै दोस्रो चरणको कार्यक्रम उत्त समाजकै सल्लाहाकार शरद कुमार गौचनले मुत्तक,कबिता तथा चुटकिला सहितको उदघोषणमा निकै जमेका थिए ।
अन्तमा अध्यक्ष ध्रुब भट्टचनले सम्पुर्ण उपस्थित महानुभावलाई धन्यबाद ज्ञापन गर्दै फेरि अर्को बर्षमा भेटने वाचाकबुल सहित कार्यक्रम समापन गर्नु भएको थियो ।
भिडियो क्लिप हेर्न तलको ठेगानामा क्लिक गर्नुहोस् ।
भाग-११
भाग-१०
भाग-९
भाग-८
भाग-७
भाग-६
भाग-५
भाग-४
भाग-३
भाग-२
भाग-१

No comments: