Monday, March 2, 2009

७ जना भएर सारियो कोठा ।

बेलुकाको ६ बजेतिर लन्चको अर्डर गरेर खाना पर्खिदै
सामान गाडिमा लोड् गर्दाको एक झलक

सामान ओसार्दै गर्दाको झलक

कोठा सार्नु अघी बिहानको नास्ता गर्दै


सरद डायरी । आईतबार, फाल्गुण १८, २०६५

आज म नेरिमा बाट फुजिमदाईमा नया कोठा सर्ने दिन । दिउसोको १२ बजे मेरो आफ्नो आफन्तहरुलाई सामान ओसार्नको लागि बोलाएको थिए । साथै रेन्टल कार पनि १२ बजे नै लिने गरेको थिए । सबैजना समय मै जम्मा भई बिहानको नास्ता गरि सरसामान ओसार्न लागियो । ६,७ खेप हाल्दा मात्र सबै सामान सारि सकिएछ । यति धेरै सामान नभएको होला भन्ठानेको त सामान ओसार्दा पो देखिदो रहेछ कति धेरै रहेछ सामान भन्ने कुरा । अझै कति सामान त २ हप्ता अघी देखि फालेका थियौ। नफालेको भए त भनि झंसग भए । जेहोस यसो घडि हेर्दा पो थाहा भयो बेलुकाको ५ बजिसकेको रहेछ भनेर । सामान ओसार्नमै ब्यस्त भएकोले होला दिउसोको खाना खानै भुलेका रहेछौ । पेट गड्याङ गुड्युङ गरेपछि पो लागियो करिबक्समा खाना खान हतार हतार गरि गाडि गुडाउदै ।

No comments: