Wednesday, January 26, 2011

सर्तक.... अमेरिकाको डिभिले झुँक्याउला है ।


सरद डायरि । मंगलबार, माघ ११, २०६७
सुचना संञ्चारको माध्यमले संसारलाई सानो गाउमा परिणत गरेको छ । घरमै बसिबसि देशबिदेशका खवरहरु, आवश्यक जे जस्तो सुचनाहरु पनि ईन्टरनेट अनलाईनको माध्यमबाट सजिलै प्राप्त गर्न सकिन्छ ।

यहि माध्यमबाट ठगि गिरोहले नया नया जुक्तिहरु निकालेर सिधासाधाहरुलाई ठगेको समाचार पनि धेरै आएको छ । सन्दर्भ अमेरिका डिभिको हो । नेपालीहरु बिदेश जाने लहरको मौका छोपि यस्ता जाली फटाहाहरुले जालसाजि डिभि परेको ईमेल मार्फत सुचना पठाई डलर भुत्तानि गर्न ताकेका गरेको समाचार आएको छ ।

बिशेष गरेर नेपालीहरुलाई लक्षित गरिएको यस्तो जाली कुरामा नफस्न आम नेपाली नागरिकहरुलाई सचेत गराउदछु । साथै काठमाण्डौं स्थित अमेरिकी दुताबासको कन्सुलर शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै यस्ता जालसाजी पुर्ण ईमेल प्राप्त भएमा उत्त ईमेल फर्वार्ड गर्न FraudKTM@state.gov र ईमेलमा भएका विवरणहरु अबैध झुटा भएका बुझ्नुपर्ने छ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्ति जस्ताको तस्तै तलतिर.....



डाईभर्सिटि भिसा जालसाजी बारेमा अमेरिकी दुताबासको चेतावनी
कन्सुलर शाखा यस सम्बन्धमा दुईवटा तथ्य स्पष्ट पार्न चाहान्छ ।
१) डिबि सम्बन्धी सुचना ईमेलबाट पठाईदैन । तपाईले डिभी चिठ्ठा वा ग्रीनकार्ड जित्नुभयो भनेर पठाईएका सबै ईमेल झुंटा हुन । सन् २०१२ को डिभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनका अबस्थाको जानाकारि http://www.dvlottery.state.gov/ सन् २०११ मे १ (तदनुसार २०६८ बैशाख १८) पछि पाउन सक्नुहुनेछ । अरु कुनै पनि संस्था वा ब्यक्तिलाई डिभी आवेदकहरुलाई चिठ्ठा परेको वा परिसकेपछि चाल्नुपर्ने कदमबारे जानाकारि दिने अख्तियार छैन ।

२) पछाडि .gov भएका ईन्टरनेट साईटहरु मात्र अमेरिकी सरकारका आधिकारिक साईट हुन । तपाईले ".com",".net",".org" मा टुङ्गिने वा ".gov"बाहेक अरु जेसुकैमा टुङ्गिने ठेगानाबाट ईमेल प्राप्त गर्नुभएको छ भने त्यो अमेरिकी दुताबास वा बिदेश मन्त्रालयको आधिकारिक ईमेल हुन सक्दैन ।

केहि वेबसाईटले अमेरिकी झण्डा वा अमेरिकी सरकारि भवनहरु देखाएर अमेरिकी सरकारबाट आधिकारिक जिम्मेवारि पाएको भान पार्न खोज्छन । तिनीहरु अमेरिकी सरकारकारका आधिकारिक वेबसाईट होईनन् । अमेरिकी सरकारका आधिकारिक वेबसाईटहरु http://www.state.gov/, http://www.travel.state.gov/ मा नि:शुल्क पाईने जानाकारिका लागि पनि यी जालसाजिपुर्ण वेबसाईटहरुले तपाईबाट पैसा असुल्न सक्छन ।

ईन्टरनेट ठगीको बारेमा तपाई उजुरि गर्न चाहानुहुन्छ भने अमेरिकी संघीय ब्यापार कमिसनको वेबसाईट www.econsumer.gov/english/ वा संघीय अनुसन्धान ब्युरोको ईन्टरनेट अपराध उजुरि केन्द्र http://www.ic3.gov/ मा जान सक्नुहुनेछ । अवाञ्छित ईमेलको बारेमा उजुरि दिन अमेरिकी न्या मन्त्रालयको वेबसाईट www.usdoj.gov/spam.htm मा जान सक्नुहुनेछ ।


अमेरिकी राजदुताबास पब्लिक अफेयर्स कार्यालय
काठमाण्डौं, नेपाल
फोन : ४००-७२००
माघ ११, २०६७

Monday, January 24, 2011

राजदुतावासद्धारा (जापान) जनजातिहरुको चाड भब्यताकासाथ सम्पन्न ।

सरद डायरि । आईतबार, माघ ९, २०६७
आज नेपाली राजदुताबासद्धारा आयोजित बिशेष कार्यक्रममा थकालीहरुको तोरन्ल्ह तथा गेल्वु ल्होसार, तमु ल्होसार, सोनाम ल्होसार,न्हुँदया, माघेसङ्ग्रातिको सामुहिक रुपमा भब्यताकासाथ सम्पन्न भएको छ ।
बिशेष रोचक आ-आफ्नै संस्कृति झंल्कीने नृत्यहरु जसमा, थकालीजाति, गुरुङ्ग जाति, नेवार जाति, तामाङ् जातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसैगरि आफ्नै परम्परागत संस्कारको रुपमा खाने गरिएको परिकारको रुपमा थकालीहरुको सेलरोटि र जंन्बु हालेको सुकुटि आलु, गुरुङ्को ढेंडो, शेर्पाको खाप्से, तामाङ्को रोटि, नेवारहरुको छोईला र यमोरि एकल जातिय (६ संस्थाले) समितिले उपलब्ध गराएको थियो । साथै अमृत योञ्जन तामाङ्द्धारा लिखित लोकतन्त्रमा तामाङ् पहिचान सन्दर्भ नामक कृतिको पनि राजदुतको हातबाट लोकर्पण गरिएको थियो ।
दुईचरणमा बिभाजित भएको पहिलो चरणको कार्यक्रम स्वागत मन्तब्य, धन्यबाद ज्ञापन सहित राजदुताबासका उपनियोग प्रमुख डा. दुर्गा बहादुर सुबेदि क्षेत्रीले संचालन गर्नु भएको थियो भने महामहिम राजदुत डा.गणेश योञ्जन तामाङ ज्युबाट शुभकामना मन्तब्य सहित कलाकारहरु र स्वयमसेवकहरुलाई सम्मान पत्र तथा नेपालमै बनेका घरेलु उपहारहरु बितरण गर्नु भएको थियो । सम्रगमा थसेसको सांस्कृतिक प्रस्तुति, स्वयमसेवकको कार्य ब्यबस्थापन र बिशेष गरेर थकालीहरुको परिकार, भेषभुषाले पनि थकालीहरुलाई प्रत्यक्ष पहिचान गराउन ठुलो मद्धत गरेको थियो । जेहोस, थसेसको उपस्थिति उदाहरणीयको रुपमा सानदार सहित जमेको थियो ।
स्मरण रहोस, दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मिठो स्वरका धनि रामकृष्णबम मल्लको रहेको थियो भने सम्पुर्ण कार्यक्रमका संयोजक सोनाम शेर्पाले संयोजन गर्नु भएको थियो ।






फोटो : सोनाम शेर्पा

Friday, January 21, 2011

नेपाली राजदुतावासद्धारा(जापान)आयोजित कार्यक्रमको बिस्तृत बिवरण तालिका

सरद डायरि । बिहिबार, माघ ६, २०६७
आउदो २३ जनवरि, आईतबारका दिन हुन गईरहेको तोरन्ल्ह लगायत एकल जातिय को बिशेष चाडको उपलक्ष्यमा राजदुताबासको आयोजनामा हुने कार्यक्रम बिवरण तालीका प्राप्त भएको छ । उत्त कार्यक्रममा औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम र रात्रिभोज कार्यक्रम भएता पनि २ चरणमा बिभाजित गरिएको छ । जेहोस, कार्यक्रमको तालिका बिवरण देहायबमोजिमतय भएको जानाकारिमा आएको छ ।
ढोका खुल्ला ६ बजे
राष्ट्रिय गीत : सयौं फुलका थुँगा फुलका हामि
डा. दुर्गा बहादुर सुबेदि क्षेत्री, संम्झना लामा, टासी बोमजन्, अप्सरा गुरुङ, कुमार गुरुङ, सन्तोषी गौचन, दिपक गौचन, रामकृष्णबम मल्ल, टासी लामा, यङ्ला शेर्पा
पहिलो चरण
संचालक : उपनियोग प्रमुख श्री दुर्गा बहादुर सुबेदि
१८:०५ नेपाली राजदुताबास उपनियोग प्रमुख डा.दुर्गा बहादुर सुबेदि स्वागत मन्तब्य (३ मिनेट)
१८:१० नेपाली राजदुताबास राजदुत महामहिम डा.गणेश योञ्जन तामाङद्धारा शुभकामना (१० मिनेट)
१८:२० महामहिम राजदुत डा.गणेश योञ्जन तामाङज्युबाट श्री अमृत योञ्जन तामाङद्धारा लिखित "लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरु" नामक कृतिको लोकर्पण
१८:२५ महामहिम राजदुतज्युबाट कार्यक्रम संचालक कलाकार र स्वयमसेवकहरुलाई सम्मान पत्र तथा उपहार बितरण
१८:४० राजदुत लगायत संघसंस्थाका अध्यक्षबाट सयुत्त रुपमा टोस्ट प्रस्ताव (पेय पर्दाथको शुरुआत)
दोस्रो चरण
संचालक: ङ्वाङ सोनाम शेर्पा (सहयोगी : रामकृष्णबम मल्ल, जोन छन्त्याल)
१८:५० (१) टासी बोमजन तामाङ "नृत्य" (तामाङ समाज जापान)
१८:५५ (२) युको ओकामोतो मल्ल "नृत्य" (नेवा जागारन मंच)
१९:०० (३) तुल्सी गुरुङ "नृत्य" (तमु धीं जापान)
१९:०५ (४) सिमा गुरुङ, ध्यान कुमार राई, कहाँ बज्यो मुरली "नृत्य"(तमु धीं जापान)
१९:१० (५) हिराओ "गीत" (जापानिज रक ब्यान्ड जिन सिल को भोकल)
१९:१५ (६) अप्सरा गुरुङ, सुनकोशी सुसेलिको "नृत्य" (नेपाली राजदुताबास)
१९:२० (७) बिमल लामा "गीत"
१९:२५ (८) संम्झना लामा, ए है ज्यानै लियो उनकै माँयाले "नृत्य" (तामाङ समाज, जापान)
१९:३० (९) सन्तोषी गौचन "नृत्य" क्या राम्रो स्याउ बारि मार्फा गाउमा (थकाली सेवा समिति)
१९:३५ (१०) ज्योति गुरुङ, अप्सरा गुरुङ " नृत्य" (नेपाली राजदुताबास)
१९:४० (११) प्रमिला गौचन, सन्तोषी गौचन, सई म धैई म यस "नृत्य" (थकाली सेवा समिति)
१९:५० उपनियोग प्रमुख श्री डा. दुर्गा बहादुर क्षेत्री ज्युबाट धन्यबाद ज्ञापन
१९:५५ रात्रिभोज आरम्भ र सांगितिक, सामुहिक नाच निरन्तर
२१:०० कार्यक्रम समापन
थकाली सेवा समितिबाट बन्दोबस्त बिस्तृत बिवरण र उपस्थिति नामावलि
कलाकार : सन्तोषी गौचन, प्रमिला गौचन, दिपक गौचन
स्वयमसेवक : शरद कुमार गौचन, अनिल भट्टचन, राजु शेरचन, बुद्धि गौचन, सञ्जिव गौचन, दिना गौचन, दिपक गौचन, बिकल शेरचन
थसेस बाटको परिकार(खाना) : सेलरोटि र जंन्बु राखेको सुकुटि र आलुको तरकारि
शेर्पा संघ : खाप्से
तामाङ समाज : रोटि
तमु धीं : ढेंडो
नेवा जागरण : छोईला
नेवा फोरम : यमोरि
उपस्थिति नामावलि (थसेसबाट संकलन)
१) शरद कुमार गौचन २) दिना गौचन ३) बुद्धि गौचन ४) राजु शेरचन ५) बिमल तुलाचन ६) प्रविना गौचन
७) सुरेश शेरचन ८) सन्तोषी गौचन ९) बिजय गौचन १०) अनिल भट्टचन ११) दिपक गौचन १२) किशोर शेरचन १३) सुमिना शेरचन १४) बिनोद शेरचन १५) प्रमिला गौचन १६) बिनोद भट्टचन १७) राजु शेरचन
१८) सन्जिव गौचन १९) कल्पना गौचन २०) कल्पनाज्युको बहिनि २१) शशि गौचन २२) घनश्याम भट्टचन
उपस्थिति नामावलि (राजदुताबासबाट संकलन)
१) बिकल शेरचन २)धन गौचन ३) हिक्मत शेरचन ४)लेनिन भट्टचन ५) लोकेश गौचन ६)शरद शेरचन ७) सपना गौचन ८) सोभा खडका ९) श्याम भट्टचन १०) उदय गौचन ११) श्रीमती सञ्जिव गौचन
जम्मा जनजातिबाट उपस्थिति : ७८ जना
आयोजक: नेपाली राजदुताबास टोक्यो, जापान
मिति: २३ जनवरि २०११ (आईतबार)
समय: १८:०० देखी २०:३० सम्म
स्थान: ५-१३-२६, कामाता ओटाकु सेईकाचु सेन्टर, जापान

Wednesday, January 19, 2011

थकाली भाषाको कक्षा संञ्चालन

सरद डायरि । मंगलबार, माघ ४, २०६७
हामि थकालीहरुको थकाली भाषा कक्षा संञ्चालन भएको अति नै खुशीको खवर प्राप्त भएको छ । लामो समयदेखि प्रयासरत यस कार्यको लागि थसेस जापानले ५ बर्ष अघि नै प्रत्येक बर्षको लागत खर्च समेत बेहोर्ने जिम्मा लिई उत्त रकम नेपालमा पठाईसेकेको छ ।
जेहोस, ढिलै भएपनि थसेस अनुसन्धान केन्द्रको पहलमा यस पवित्र कार्य शुरुआत भएको छ । यस पवित्र कार्यको उच्च मुल्याङ्कन गर्दै निरन्तरताको लागि मेरो ब्यत्तिगत तर्फबाट पनि हार्दिक अनुरोध गर्दछु ।

प्राप्त समाचार तलतिर जस्ताको तस्तै.........
यहि पौंष ११ गते २०६७ देखि भोटे बहाल स्थित चन्द्र गौचनज्युको घरमा थसेस जापानका साथै नेपाल जापान सम्पर्क समितिको संयुक्त लगानी र थकाली अनुसन्धान केन्द्रको पहलमा निशुल्क थकाली भाषा कक्षा संञ्चालन हुदै आएको छ । बृहत रुपमा प्रचार प्रसार गर्दै भविष्यमा अरु धेरै क्षेत्रमा पनि भाषा कक्षा संञ्चालन गर्दै जाने लक्ष्य लिईएको छ ।
यस अभियानलाई सफल बनाउनको लागि आयोजक पक्षले यसै सुचनालाई आधारमानि सहभागि हुनको लागि पनि हार्दिक अपिल गरेको छ ।
स्मरण रहोस, लामो समयको परिश्रम पश्चात शुरुआत गरिएको यस कक्षामा संम्लग्न बिद्यार्थीहरुलाई एक थान कपी र एक थान कलम उपहार स्वरुप प्रदान गरिदै धमाधम भर्ना भईरहेको समेत जानाकारिमा आएको छ ।

Monday, January 17, 2011

थासांङ्ग डकुमेन्ट्रि (बृतचित्र) रिलिज हुदै ।

सरद डायरि । आईतबार, माघ २, २०६७
केहि दिन अघि जानाकारिमा आए अनुशार, थकालीहरुको हरेक क्षेत्रलाई समेटेर बनाईएको बृतचित्र पहिलो पटक नेपालमा छिटै रिलिज हुने खवर प्राप्त भएको छ । थकालीहरुकै पहलमा आफ्नै ईतिहास, मौलिकता लाई संरक्षण समद्धन गर्न र भावि पिढिहरुलाई समेत जानाकारि गराउने यसको उदेश्य रहेको थाहा हुन आएको छ ।
जसअनुशार,
हिमाल पारिको जिल्ला मुस्ताङमा बसोबास गर्दै आएका थकालीहरु गौचन,शेरचन, तुलाचन र भट्टचन को मुख्य ऐतिहासिक थलो थाक सातसय थासांङ स्थित प्राकृतिक सोन्दर्यता, सांस्कृतिक बिरासत, पुरात्वात्विक महत्वका संम्पदा र थकालीहरुको सामुहिक मौलिक जीवनशैली संरक्षण सम्वर्द्धन गर्ने उदेश्यले श्रव्यदृश्यमा दिग्दर्शन गराउन थकाली अनुसन्धान् केन्द्रको पहलमा थासांङ डकुमेन्ट्रि वृतचित्र निर्माणको अन्तिम चरणमा पुगेको खवर प्राप्त भएको छ ।
यो थासांङ डकुमेन्ट्रि प्रभु फाईनान्स कंम्पनीको सौजन्यता र प्रेमप्रसाद गौचनको निर्देशकत्वमा निर्माण कार्य भईरहेको छ । करिव ९० प्रतिशत कार्य पुरा भईसकेको यो बृतचित्र अब छिटै बजारमा आउने लक्ष्य लिईएको छ ।

Sunday, January 16, 2011

नेपाल मगर सेवा समितिलाई हार्दिक बधाई ।

सरद डायरि । शनिबार, माघ १, २०६७
नया बर्ष २०११ को आगमन संगै गत जनवरि १, २०११ दिनमा हाम्रा सहयात्रि संस्था नेपाल मगर सेवा समिति जापानको नया कार्यसमिति चयन भएको थियो ।
उत्त समितिको नया कार्यकाल सफलताको साथै हार्दिक बढाई दिन चाहान्छौं । हाम्रो समिति बाट पनि औपचारिक रुपमा बढाई पत्र पनि पठाएका थियौं । उत्त पत्र तलतिर जस्ताको तस्तै.......

तमु धीं जापानलाई हार्दिक बढाई ज्ञापन ।

सरद डायरि । शनिबार, माघ १, २०६७
तमु धीं जापानद्धारा आयोजित, गत २ जनवरि २०११ का दिन सम्पन्न तमु ल्होसार संगै हाम्रा सहयात्रि संस्था, तमु धीं जापानको नया कार्यसमिति पनि आउदो १ बर्षे कार्यकालको निमित्त सर्वसहमतिबाट गठन भएको छ ।
उत्त भेलाले याम गुरुङ् जी कै नेतृत्वको नया समिति चयन पनि गरेको छ ।
थसेसको तर्फबाट तमु धीं जापानलाई पठाईएको बढाई ज्ञापन पत्र जस्ताको तस्तै तलतिर .......

To,
The President
NPO Tamudhin Japan

Dear Mr, Yam Gurung Jee,

On behalf of Thakali Sewa Samittee Japan, I would like to congratulate you and your entire exco members for your successful tenure in your organization.
And also hope for kind cooperation in days come.

Sincerely yours,
Sarad Kumar Gauchan
President of NPO Thasesa, Japan
------------------------------------------------
NPO, Thakali Sewa Samittee
Tokyo, Japan

Wednesday, January 12, 2011

राजदुतावासमा उपस्थिति (थसेस,जापान) नामावलि विवरण ।

सरद डायरि । मंगलबार, पौंष २७, २०६७
नेपाली राजदुतावासद्धारा आयोजित थकालीहरुको महानचाड "तोरन्ल्ह" लगायत हाम्रा सहयात्रि संगठनको चाड सामुहिक रुपले भब्य सम्पन्न गर्ने कार्यक्रममा हामि थकाली सेवा समिति जापानको तर्फबाट उपस्थिति नामावलि संकलन गरिएको छ ।
केहि अग्रज मित्रहरु र राजदुतावासको पहलमा पहिलो पटक जापानमा यस ऐतिहासिक कार्यक्रमको शुरुआत सहित थालनि भएकोमा हामि गौरान्वित छौं ।
प्रत्येक एकल जातिय समुदायले गहन रुपमा लिई जनजाति समुदायहरुको ठुलो जमातका साथ कार्यक्रम भब्यरुपले सम्पन्न गर्न हामि सबैको दायित्व र कर्तब्य हुन आउछ ।
जेहोस, आजसम्ममा हाम्रो समुहगतमेलबाट नामावलि संकलन देहाय बमोजिम भएको जानाकारि गराउदै फेरि प्राप्त हुन साथ अपडेट हुने नै छ । यहि शुक्रवार १४ जनवरि सम्ममा नामावलि लिष्ट नेपाली राजदुतावासमा पठाईसक्नुपर्ने छ ।
राजदुतावासको आयोजनामा हुने कार्यक्रममा थसेसको उपस्थिति नामावलि बिवरण.....
१) शरद कुमार गौचन (ताकामाचु ईकेबुकुरो, टोक्यो)
२) दिना गौचन (ताकामाचु ईकेबुकुरो, टोक्यो)
३) बुद्धि गौचन (सिनकोईवा, टोक्यो)
४) राजु शेरचन (मुत्तिमोर्चा उपत्यका ईन्चार्ज)
५) बिमल तुलाचन (उएनो, टोक्यो)
६) प्रविना गौचन (नेजु, टोक्यो)
७) शुरेस शेरचन (नेजु, टोक्यो)
८) सन्तोषि गौचन (ईकेबुकुरो, टोक्यो)
९) बिजय गौचन (थकाईडो, टोक्यो)
१०) अनिल भट्टचन (कावासाकि, कानागावा)
११) दिपक गौचन (कावासाकि, कानागावा)
१२) किशोर शेरचन (टाईतोकु, टोक्यो)
१३) सुमिना शेरचन (टाईतोकु, टोक्यो)
१४) विनोद शेरचन (किकुकावा, टोक्यो)
१५) प्रमिला गौचन (हिकावाडाई, टोक्यो)
१६) विनोद भट्टचन (टोकोसिगिन्जा, टोक्यो)
१७) राजु शेरचन (कावासाकि, कानागावा)
१८) सन्जिब गौचन (कावासाकि, कानागावा)
१९) कल्पना गौचन (कावासाकि, कानागावा)
२०) कल्पना ज्युको बहिनि (कावासाकि, कानागावा)
२१) शशि गौचन (टोकोसिगिन्जा, टोक्यो)
२२) घनश्याम भट्टचन (टोकोसिगिन्जा, टोक्यो)

Saturday, January 8, 2011

नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा ।

सरद डायरि । बुधबार, पौंष २४, २०६७
हामि जापानबासि थकालीहरुको पहलमा स्थापना भएको नेपाल जापान सम्पर्क समितिको बार्षिक साधारण सभा आजकै दिनमा सम्पन्न भएको खबर प्राप्त भएको छ । बास्तवमा थसेसको जापानको स्थापना पश्चात जापानबाट नेपाल फर्किनुभएका मित्रबन्धुहरु लगायत नेपालबासि थकालीहरु र जापानस्थित थकालीहरुबिचको सम्बन्ध कायम गर्दै सरसहयोगको भावना अभिप्रेरित गर्ने मनसाय अनुशार यस संस्थाको स्थापना भएको हो । यस समितिमा सम्पुर्ण कार्यकारिणी समितिका मित्रहरु पनि जापानमा बसोबास गरि बिभिन्न अनुभव बटुलेका मित्रहरुकै बाहुल्यता छ । जेहोस, उत्त संगठनको यस बर्षको साधारण सभा सम्पन्न भएको खबरले हामिलाई खुसि तुल्याएको छ । साथमा जापानबाट हालसालै फिर्ता हुनु भएका हाम्रा थकाली सदस्यहरुलाई पनि स्वागत गरिएको खवरले त झन खुशी नहुने कुरै भएन यस कार्यको निरन्तरता को पनि अपेक्षा पनि गरेका छौं ।
उत्त कार्यक्रमको बिवरण तलतिर जस्ताको तस्तै.....
नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा सम्पन्न
नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा पौंष २४ का दिन काठमाण्डौंमा धुमधामका साथ सम्पन्न भएको खवर प्राप्त भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा थसेस अनुसन्धान केन्द्रका अध्यक्ष ओमकार प्रसाद गौचनले जापानबाट फर्किनु भएका नयाँ सदस्यहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
समितिका अध्यक्ष खगेन्द्र भट्टचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष नविन शेरचनले आर्थिक प्रतिवेदन र समितिको सम्पुर्ण कृयाकलापको बारेमा सचिव पानस गौचनले प्रतिवेदन पेश गर्दै सर्वसहमतिबाट पास गरिएको थियो ।
शूभ-कामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि ओमकार प्रसाद गौचन, थसेस काठमाण्डौंका अध्यक्ष गजेन्द्र तुलाचन समितिकै भुपु अध्यक्ष खगेन्द्र भट्टचन र अर्जुन शेरचन हुनुहुन्थ्यो । समितिका अध्यक्षले उपस्थित सबैलाई धन्यबाद दिदै सभा बिसर्जन गर्नु भएको थियो । अन्तमा वार्वेक्यु र थकाली लोकल रक्सीको चुस्कि लिदै भरिपुर्ण मनोरञ्जनका साथ कार्यक्रम समापन गरिएको थियो ।

Invitaion of Nepal Embassy Tokyo‏

सरद डायरि । शुक्रबार, पौंष २३, २०६७
जापान स्थित नेपाली राजदुताबासका कर्मचारि लगायत राजदुत संग पनि बिगतको भेटमा हामि जनजातिहरुको चाड सामुहिक रुपमा मनाउने कुरैमै सिमित रहेता पनि आज भने राजदुताबास बाट सबै निर्णय भएर औपचारिक रुपमै निमन्त्रणा पत्र ईमेल मार्फत प्राप्त भएको छ ।
साच्चै भन्नुपर्दा, गत सालमा पनि नेपाली राजदुताबासको आयोजनामा पहिलो पटक ल्होसार पर्व भनि सामुहिक रुपमा शुरुआत सहित मनाईएता पनि यस पटक भने, थकालीहरुको चाड "तोरन्ल्ह", शेर्पा जातिको चाड "गेल्वु ल्होसार", गुरुङ्ग जातिहरुको चाड "तमुं ल्होसार", तांमाङ्ग जातिको चाड "सोनाम ल्होसार", नेवार जातिको चाड "न्हुँदया" र मगर जातिको चाड "माघेसङग्राति" भब्य रुपमा किटान गरेर नै सामुहिक रुपमा मनाउने कुरा बन्दोबस्थ भएको जानाकारिमा आएको छ । म संग संम्वन्धित संगठन थसेस जापानको सम्पुर्ण सदस्यहरुको उपस्थिति नामावलि संख्या १४ जनवरि सम्ममा पठाउनको लागि जानाकारिमा आएको छ । आजै थसेस को समुहगत मेलमा नामावलि संकलन गर्नको लागि मेल सर्कुलर गरि सकेको छु । जेहोस, यस खुशियालिको अबसरमा र शुभ कार्यको निरन्तरताको कामना सहित भब्य रुपमा सम्पन्न हुने नै छ भन्दै पुर्व शुभकामना दिन चाहन्छु ।

प्राप्त निम्तो पत्र

कार्यक्रम विवरण
बिशेष समारोह, रात्रिभोज तथा सांस्कृतिक कार्यक्रम
मिति: २३ जनवरि २०११ (आईतबार)
समय: बेलुकाको १८:०० देखी २०:०० सम्म
प्रवेश: निशुल्क
स्थान: ओताकु सेकाचु सेन्टर (जेआर कामाता स्टेशनबाट २ मिनेट, पुर्व ढोकाबाट निक्लिएर दाहिने तिर लाग्ने)
ठेगाना: ओताकु कामाता ५-१३-२६, सेकाचु सेन्टर

Thursday, January 6, 2011

कहिल्यै नभुलौं ।

सरद डायरि । बुधबार, पौंष २१, २०६७















कहिल्यै नभुलौं ।



फर्कदैन : प्राण, गोली र बोली ।

नभुलौं : ऋण, राष्ट्र र कर्तब्य ।।

सम्मान गरौं : माता पिता र गुरु ।।।

सानो नसंम्झऔं : कर्जा, शत्रु र रोग ।।।।

एकपटक मात्र पाईन्छ : आमा, बाबु र जीबन ।।।।।

नजिस्क्याऔं : परस्त्रि, असहाय र अपांङ्गलाई ।।।।।।

Monday, January 3, 2011

शुभ-अन्नप्राशन कार्यक्रम : आया गुरुङ्ग, ३० जनवरि २०११

सरद डायरि । आईतबार, पौष १८, २०६७
२ जनवरि, तमुधीं जापानद्धारा आयोजित ल्होसार कार्यक्रममा हाम्रै बहिनि, जो विवाह पुर्व म संग सम्बन्धित संगठनमा सक्रिय सदस्यको रुपमा हामिसंग एउटै टिममा रहि धेरै ठुलो सहयोग गर्नुभएको थियो उहासंग आज भेट हुदा पो थाहा भयो उहाहरुको नव बालिका आया गुरुङ्गको शुभ अन्नप्राशन कार्यक्रम यहि महिनाको ३० तारिख आईतबार तोकोसिगिन्जा स्थित एसिएन डाईनिङ्गमा हुन गईरहेको कुरा मौखिक जानाकारि र निम्तो पनि पाए ।
हुन त उहाहरुको दंम्पतिबाट नव बालिकाको जन्म भएको कुरा बिगतमै थाहा भएपनि यति छिटै भात खुवाउने बेला भईसकेको होला भन्ने कुरा डिसेम्वर ३१ तारिखको सानो भेटघाट कार्यक्रममा निमन्त्रणा कार्ड पाउदा झंस्केको थिए। जापानको ब्यस्थता र एउटै टाईम स्केज्युलको चक्रभ्युले गर्दा पनि होला समय बितेको पत्तो नै नहुने । जेहोस, नव दंम्पतिको पहिलो नव पुत्रीको शुभकार्यको लागि पुर्व बढाई सहित हार्दिक शुभकामना टक्याउन चाहान्छु साथै नव बालिकाको सु-स्वास्थ, दिर्घायु र उत्तरो-त्तरो प्रगति हार्दिक कामना गर्दछु ।


प्राप्त निमन्त्रणा कार्ड

Saturday, January 1, 2011

थसेस जापानको स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम सम्पन्न



उत्त कार्यक्रमको केहि झलक


सरद डायरि । शुक्रबार, पौष १६, २०६७

थसेस जापानले पुर्व निर्धारिततय भएबमोजिम स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । बिभिन्न अनलाईन मेडियामा संम्प्रेषण भएका समाचार जस्ताको तस्तै तलतिर......
थसेस जापानद्धारा स्वागत, भेटघाट तथा काउन्टडाउन कार्यक्रम सम्पन्न
थसेस जापानद्धारा २०१० डिसेम्बर ३१ का दिन टोक्यो ओचुकाको भट्टचन तेप्पानयाकि नामक रेष्टुरेन्टमा स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
पारिवारिक बातावरणमा भएको उत्त कार्यक्रमको आतिथ्यमा नेपालदेखी आफ्नो निजि भ्रमणमा रहनु भएका थकाली राष्ट्रिय मुत्तिमोर्चाका उपत्यका ईन्चार्ज राजु शेरचनले गर्नुहुदै मक्तब्यको क्रममा जापानबासि थकालीहरुको जापानमा आफ्नै ईतिहास, अस्तित्व र पहिचान छ यसलाई संरक्षण संम्वद्धन गर्दै हरपल निरन्तरता दिनको लागि अनुरोध गर्दै थसेस जापान बिसुद्ध गैरराजनितिक भावना अनुरुप अघि बढ्नुपर्ने कुरा समेत औल्याउनु भएको थियो । अर्का बक्ता जनजाति महासंघ टोक्योका अध्यक्ष तथा समितिकै सल्लाहाकार समेत रहनुभएका ध्रुव भट्टचनले जनजाति महासंघ सबै जातिय संगठनको प्रतिनिधित्व गर्ने साझा संगठन भएकोले पनि जातिय संगठनको मार्ग निर्देशन अनुरुप अघि बढ्ने जानाकारि गराउदै सबैको सहयोग र सल्लाह सुझाबको सदैव स्वागत गर्ने अझै सक्रिय सहयोगको लागि हार्दिक अपिल गर्नुभयो । त्यसैगरि उत्त समारोहको सभापतित्वको आशन ग्रहण गर्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले जापानको बदलिदो परिस्थिति, समयअनुकुल संगठनलाई परिमार्जित गर्दै शसंत्त रुपमा अघि बढाउने र जापानबासि थकालीहरु लगायत आम नेपालीहरु संग हातेमालो, भाईचाराको भावना अभिप्रेरित गर्दै सबैसंग हातमा हात र काधमा काध मिलाउदै राष्ट्रको बिकाशको लागि समेत आफुहरु सदैब सचेतका साथ अघि बढिरहेको कुरा बताउनुभयो ।
कार्यक्रममा थसेसका नवआगन्तुक आफ्ना सदस्यद्धयहरु क्रमश श्रीमति शुमिना शेरचन, सुश्री प्रविना गौचन, श्रीमति सलिना तुलाचन, श्रीमति शारदा शेरचन र श्रीमति सुनिता भट्टचनलाई अध्यक्ष गौचनले खाता ओढाई स्वागत गर्नुभएको थियो भने, अर्का अतिथि थकाली राष्ट्रिय मुत्तिमोर्चाका उपत्यका ईन्चार्ज राजु शेरचनलाई जनजाति महासंघ टोक्योका अध्यक्ष भट्टचनले खाता ओढाई स्वागत गर्नुभएको थियो ।
२०१० लाई अन्तिम घडिमा बिदाई स्वरुप काउन्टडाउन शुरु गरि २०११ लाई हर्षोल्लासकासाथ सामुहिक रुपमा स्वागत गर्दै शुभकामना आदानप्रदान समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको बिट मार्दै थसेस जापानका महा-सचिव अनिल भट्टचनले यस किसिमको कार्यक्रम पहिलो पटक शुरुआत सहित आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दै दोस्रो चरणको बिविध रमाईलो कार्यक्रम संचालनको लागि सह-कोषाध्यक्ष दिपक गौचनलाई माईक हस्तान्तरण गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रम दिपक गौचनले सायरि वाचन गर्दै अति नै कुशल पुर्वक शुरुआत गर्नुहुदै कार्यक्रममा मुक्तक,चुटकिला तथा सामुहिक नाचको घमसान भिडन्तले गर्दा बिहानको २ बजेको पत्तै नपाएपनि भट्टचन तेप्पानयाकिको स्वादिष्ट नेपाली र जापानी मिश्रणखानाको सत्कारले मात्र सबैलाई समयको जानाकारि गराएको थियो । ५० जना भन्दा बढि उपस्थिति रहेको उत्त कार्यक्रममा थसेस जापानको आयोजनामा संयोजक शशि गौचनको पहलमा भएको थियो । अन्तमा उत्कृष्ट स्वाद लिदै फेरि भेट्ने बाचाकबुल सहित कार्यक्रम समापन गरिएको थियो ।


थपलिन्कको लागि तलतिर क्लिक् गर्नुहोस् ।









फोटो : अनिल भट्टचन र जयकार शेरचन