Monday, January 17, 2011

थासांङ्ग डकुमेन्ट्रि (बृतचित्र) रिलिज हुदै ।

सरद डायरि । आईतबार, माघ २, २०६७
केहि दिन अघि जानाकारिमा आए अनुशार, थकालीहरुको हरेक क्षेत्रलाई समेटेर बनाईएको बृतचित्र पहिलो पटक नेपालमा छिटै रिलिज हुने खवर प्राप्त भएको छ । थकालीहरुकै पहलमा आफ्नै ईतिहास, मौलिकता लाई संरक्षण समद्धन गर्न र भावि पिढिहरुलाई समेत जानाकारि गराउने यसको उदेश्य रहेको थाहा हुन आएको छ ।
जसअनुशार,
हिमाल पारिको जिल्ला मुस्ताङमा बसोबास गर्दै आएका थकालीहरु गौचन,शेरचन, तुलाचन र भट्टचन को मुख्य ऐतिहासिक थलो थाक सातसय थासांङ स्थित प्राकृतिक सोन्दर्यता, सांस्कृतिक बिरासत, पुरात्वात्विक महत्वका संम्पदा र थकालीहरुको सामुहिक मौलिक जीवनशैली संरक्षण सम्वर्द्धन गर्ने उदेश्यले श्रव्यदृश्यमा दिग्दर्शन गराउन थकाली अनुसन्धान् केन्द्रको पहलमा थासांङ डकुमेन्ट्रि वृतचित्र निर्माणको अन्तिम चरणमा पुगेको खवर प्राप्त भएको छ ।
यो थासांङ डकुमेन्ट्रि प्रभु फाईनान्स कंम्पनीको सौजन्यता र प्रेमप्रसाद गौचनको निर्देशकत्वमा निर्माण कार्य भईरहेको छ । करिव ९० प्रतिशत कार्य पुरा भईसकेको यो बृतचित्र अब छिटै बजारमा आउने लक्ष्य लिईएको छ ।

No comments: