Saturday, January 8, 2011

नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा ।

सरद डायरि । बुधबार, पौंष २४, २०६७
हामि जापानबासि थकालीहरुको पहलमा स्थापना भएको नेपाल जापान सम्पर्क समितिको बार्षिक साधारण सभा आजकै दिनमा सम्पन्न भएको खबर प्राप्त भएको छ । बास्तवमा थसेसको जापानको स्थापना पश्चात जापानबाट नेपाल फर्किनुभएका मित्रबन्धुहरु लगायत नेपालबासि थकालीहरु र जापानस्थित थकालीहरुबिचको सम्बन्ध कायम गर्दै सरसहयोगको भावना अभिप्रेरित गर्ने मनसाय अनुशार यस संस्थाको स्थापना भएको हो । यस समितिमा सम्पुर्ण कार्यकारिणी समितिका मित्रहरु पनि जापानमा बसोबास गरि बिभिन्न अनुभव बटुलेका मित्रहरुकै बाहुल्यता छ । जेहोस, उत्त संगठनको यस बर्षको साधारण सभा सम्पन्न भएको खबरले हामिलाई खुसि तुल्याएको छ । साथमा जापानबाट हालसालै फिर्ता हुनु भएका हाम्रा थकाली सदस्यहरुलाई पनि स्वागत गरिएको खवरले त झन खुशी नहुने कुरै भएन यस कार्यको निरन्तरता को पनि अपेक्षा पनि गरेका छौं ।
उत्त कार्यक्रमको बिवरण तलतिर जस्ताको तस्तै.....
नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा सम्पन्न
नेपाल जापान सम्पर्क समितिको वार्षिक साधारण सभा पौंष २४ का दिन काठमाण्डौंमा धुमधामका साथ सम्पन्न भएको खवर प्राप्त भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा थसेस अनुसन्धान केन्द्रका अध्यक्ष ओमकार प्रसाद गौचनले जापानबाट फर्किनु भएका नयाँ सदस्यहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
समितिका अध्यक्ष खगेन्द्र भट्टचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष नविन शेरचनले आर्थिक प्रतिवेदन र समितिको सम्पुर्ण कृयाकलापको बारेमा सचिव पानस गौचनले प्रतिवेदन पेश गर्दै सर्वसहमतिबाट पास गरिएको थियो ।
शूभ-कामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि ओमकार प्रसाद गौचन, थसेस काठमाण्डौंका अध्यक्ष गजेन्द्र तुलाचन समितिकै भुपु अध्यक्ष खगेन्द्र भट्टचन र अर्जुन शेरचन हुनुहुन्थ्यो । समितिका अध्यक्षले उपस्थित सबैलाई धन्यबाद दिदै सभा बिसर्जन गर्नु भएको थियो । अन्तमा वार्वेक्यु र थकाली लोकल रक्सीको चुस्कि लिदै भरिपुर्ण मनोरञ्जनका साथ कार्यक्रम समापन गरिएको थियो ।

No comments: