Wednesday, January 26, 2011

सर्तक.... अमेरिकाको डिभिले झुँक्याउला है ।


सरद डायरि । मंगलबार, माघ ११, २०६७
सुचना संञ्चारको माध्यमले संसारलाई सानो गाउमा परिणत गरेको छ । घरमै बसिबसि देशबिदेशका खवरहरु, आवश्यक जे जस्तो सुचनाहरु पनि ईन्टरनेट अनलाईनको माध्यमबाट सजिलै प्राप्त गर्न सकिन्छ ।

यहि माध्यमबाट ठगि गिरोहले नया नया जुक्तिहरु निकालेर सिधासाधाहरुलाई ठगेको समाचार पनि धेरै आएको छ । सन्दर्भ अमेरिका डिभिको हो । नेपालीहरु बिदेश जाने लहरको मौका छोपि यस्ता जाली फटाहाहरुले जालसाजि डिभि परेको ईमेल मार्फत सुचना पठाई डलर भुत्तानि गर्न ताकेका गरेको समाचार आएको छ ।

बिशेष गरेर नेपालीहरुलाई लक्षित गरिएको यस्तो जाली कुरामा नफस्न आम नेपाली नागरिकहरुलाई सचेत गराउदछु । साथै काठमाण्डौं स्थित अमेरिकी दुताबासको कन्सुलर शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै यस्ता जालसाजी पुर्ण ईमेल प्राप्त भएमा उत्त ईमेल फर्वार्ड गर्न FraudKTM@state.gov र ईमेलमा भएका विवरणहरु अबैध झुटा भएका बुझ्नुपर्ने छ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्ति जस्ताको तस्तै तलतिर.....



डाईभर्सिटि भिसा जालसाजी बारेमा अमेरिकी दुताबासको चेतावनी
कन्सुलर शाखा यस सम्बन्धमा दुईवटा तथ्य स्पष्ट पार्न चाहान्छ ।
१) डिबि सम्बन्धी सुचना ईमेलबाट पठाईदैन । तपाईले डिभी चिठ्ठा वा ग्रीनकार्ड जित्नुभयो भनेर पठाईएका सबै ईमेल झुंटा हुन । सन् २०१२ को डिभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनका अबस्थाको जानाकारि http://www.dvlottery.state.gov/ सन् २०११ मे १ (तदनुसार २०६८ बैशाख १८) पछि पाउन सक्नुहुनेछ । अरु कुनै पनि संस्था वा ब्यक्तिलाई डिभी आवेदकहरुलाई चिठ्ठा परेको वा परिसकेपछि चाल्नुपर्ने कदमबारे जानाकारि दिने अख्तियार छैन ।

२) पछाडि .gov भएका ईन्टरनेट साईटहरु मात्र अमेरिकी सरकारका आधिकारिक साईट हुन । तपाईले ".com",".net",".org" मा टुङ्गिने वा ".gov"बाहेक अरु जेसुकैमा टुङ्गिने ठेगानाबाट ईमेल प्राप्त गर्नुभएको छ भने त्यो अमेरिकी दुताबास वा बिदेश मन्त्रालयको आधिकारिक ईमेल हुन सक्दैन ।

केहि वेबसाईटले अमेरिकी झण्डा वा अमेरिकी सरकारि भवनहरु देखाएर अमेरिकी सरकारबाट आधिकारिक जिम्मेवारि पाएको भान पार्न खोज्छन । तिनीहरु अमेरिकी सरकारकारका आधिकारिक वेबसाईट होईनन् । अमेरिकी सरकारका आधिकारिक वेबसाईटहरु http://www.state.gov/, http://www.travel.state.gov/ मा नि:शुल्क पाईने जानाकारिका लागि पनि यी जालसाजिपुर्ण वेबसाईटहरुले तपाईबाट पैसा असुल्न सक्छन ।

ईन्टरनेट ठगीको बारेमा तपाई उजुरि गर्न चाहानुहुन्छ भने अमेरिकी संघीय ब्यापार कमिसनको वेबसाईट www.econsumer.gov/english/ वा संघीय अनुसन्धान ब्युरोको ईन्टरनेट अपराध उजुरि केन्द्र http://www.ic3.gov/ मा जान सक्नुहुनेछ । अवाञ्छित ईमेलको बारेमा उजुरि दिन अमेरिकी न्या मन्त्रालयको वेबसाईट www.usdoj.gov/spam.htm मा जान सक्नुहुनेछ ।


अमेरिकी राजदुताबास पब्लिक अफेयर्स कार्यालय
काठमाण्डौं, नेपाल
फोन : ४००-७२००
माघ ११, २०६७

No comments: