Saturday, January 8, 2011

Invitaion of Nepal Embassy Tokyo‏

सरद डायरि । शुक्रबार, पौंष २३, २०६७
जापान स्थित नेपाली राजदुताबासका कर्मचारि लगायत राजदुत संग पनि बिगतको भेटमा हामि जनजातिहरुको चाड सामुहिक रुपमा मनाउने कुरैमै सिमित रहेता पनि आज भने राजदुताबास बाट सबै निर्णय भएर औपचारिक रुपमै निमन्त्रणा पत्र ईमेल मार्फत प्राप्त भएको छ ।
साच्चै भन्नुपर्दा, गत सालमा पनि नेपाली राजदुताबासको आयोजनामा पहिलो पटक ल्होसार पर्व भनि सामुहिक रुपमा शुरुआत सहित मनाईएता पनि यस पटक भने, थकालीहरुको चाड "तोरन्ल्ह", शेर्पा जातिको चाड "गेल्वु ल्होसार", गुरुङ्ग जातिहरुको चाड "तमुं ल्होसार", तांमाङ्ग जातिको चाड "सोनाम ल्होसार", नेवार जातिको चाड "न्हुँदया" र मगर जातिको चाड "माघेसङग्राति" भब्य रुपमा किटान गरेर नै सामुहिक रुपमा मनाउने कुरा बन्दोबस्थ भएको जानाकारिमा आएको छ । म संग संम्वन्धित संगठन थसेस जापानको सम्पुर्ण सदस्यहरुको उपस्थिति नामावलि संख्या १४ जनवरि सम्ममा पठाउनको लागि जानाकारिमा आएको छ । आजै थसेस को समुहगत मेलमा नामावलि संकलन गर्नको लागि मेल सर्कुलर गरि सकेको छु । जेहोस, यस खुशियालिको अबसरमा र शुभ कार्यको निरन्तरताको कामना सहित भब्य रुपमा सम्पन्न हुने नै छ भन्दै पुर्व शुभकामना दिन चाहन्छु ।

प्राप्त निम्तो पत्र

कार्यक्रम विवरण
बिशेष समारोह, रात्रिभोज तथा सांस्कृतिक कार्यक्रम
मिति: २३ जनवरि २०११ (आईतबार)
समय: बेलुकाको १८:०० देखी २०:०० सम्म
प्रवेश: निशुल्क
स्थान: ओताकु सेकाचु सेन्टर (जेआर कामाता स्टेशनबाट २ मिनेट, पुर्व ढोकाबाट निक्लिएर दाहिने तिर लाग्ने)
ठेगाना: ओताकु कामाता ५-१३-२६, सेकाचु सेन्टर

No comments: