Monday, January 24, 2011

राजदुतावासद्धारा (जापान) जनजातिहरुको चाड भब्यताकासाथ सम्पन्न ।

सरद डायरि । आईतबार, माघ ९, २०६७
आज नेपाली राजदुताबासद्धारा आयोजित बिशेष कार्यक्रममा थकालीहरुको तोरन्ल्ह तथा गेल्वु ल्होसार, तमु ल्होसार, सोनाम ल्होसार,न्हुँदया, माघेसङ्ग्रातिको सामुहिक रुपमा भब्यताकासाथ सम्पन्न भएको छ ।
बिशेष रोचक आ-आफ्नै संस्कृति झंल्कीने नृत्यहरु जसमा, थकालीजाति, गुरुङ्ग जाति, नेवार जाति, तामाङ् जातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसैगरि आफ्नै परम्परागत संस्कारको रुपमा खाने गरिएको परिकारको रुपमा थकालीहरुको सेलरोटि र जंन्बु हालेको सुकुटि आलु, गुरुङ्को ढेंडो, शेर्पाको खाप्से, तामाङ्को रोटि, नेवारहरुको छोईला र यमोरि एकल जातिय (६ संस्थाले) समितिले उपलब्ध गराएको थियो । साथै अमृत योञ्जन तामाङ्द्धारा लिखित लोकतन्त्रमा तामाङ् पहिचान सन्दर्भ नामक कृतिको पनि राजदुतको हातबाट लोकर्पण गरिएको थियो ।
दुईचरणमा बिभाजित भएको पहिलो चरणको कार्यक्रम स्वागत मन्तब्य, धन्यबाद ज्ञापन सहित राजदुताबासका उपनियोग प्रमुख डा. दुर्गा बहादुर सुबेदि क्षेत्रीले संचालन गर्नु भएको थियो भने महामहिम राजदुत डा.गणेश योञ्जन तामाङ ज्युबाट शुभकामना मन्तब्य सहित कलाकारहरु र स्वयमसेवकहरुलाई सम्मान पत्र तथा नेपालमै बनेका घरेलु उपहारहरु बितरण गर्नु भएको थियो । सम्रगमा थसेसको सांस्कृतिक प्रस्तुति, स्वयमसेवकको कार्य ब्यबस्थापन र बिशेष गरेर थकालीहरुको परिकार, भेषभुषाले पनि थकालीहरुलाई प्रत्यक्ष पहिचान गराउन ठुलो मद्धत गरेको थियो । जेहोस, थसेसको उपस्थिति उदाहरणीयको रुपमा सानदार सहित जमेको थियो ।
स्मरण रहोस, दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मिठो स्वरका धनि रामकृष्णबम मल्लको रहेको थियो भने सम्पुर्ण कार्यक्रमका संयोजक सोनाम शेर्पाले संयोजन गर्नु भएको थियो ।






फोटो : सोनाम शेर्पा

No comments: