Saturday, January 1, 2011

थसेस जापानको स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम सम्पन्न



उत्त कार्यक्रमको केहि झलक


सरद डायरि । शुक्रबार, पौष १६, २०६७

थसेस जापानले पुर्व निर्धारिततय भएबमोजिम स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । बिभिन्न अनलाईन मेडियामा संम्प्रेषण भएका समाचार जस्ताको तस्तै तलतिर......
थसेस जापानद्धारा स्वागत, भेटघाट तथा काउन्टडाउन कार्यक्रम सम्पन्न
थसेस जापानद्धारा २०१० डिसेम्बर ३१ का दिन टोक्यो ओचुकाको भट्टचन तेप्पानयाकि नामक रेष्टुरेन्टमा स्वागत, भेटघाट र काउन्टडाउन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
पारिवारिक बातावरणमा भएको उत्त कार्यक्रमको आतिथ्यमा नेपालदेखी आफ्नो निजि भ्रमणमा रहनु भएका थकाली राष्ट्रिय मुत्तिमोर्चाका उपत्यका ईन्चार्ज राजु शेरचनले गर्नुहुदै मक्तब्यको क्रममा जापानबासि थकालीहरुको जापानमा आफ्नै ईतिहास, अस्तित्व र पहिचान छ यसलाई संरक्षण संम्वद्धन गर्दै हरपल निरन्तरता दिनको लागि अनुरोध गर्दै थसेस जापान बिसुद्ध गैरराजनितिक भावना अनुरुप अघि बढ्नुपर्ने कुरा समेत औल्याउनु भएको थियो । अर्का बक्ता जनजाति महासंघ टोक्योका अध्यक्ष तथा समितिकै सल्लाहाकार समेत रहनुभएका ध्रुव भट्टचनले जनजाति महासंघ सबै जातिय संगठनको प्रतिनिधित्व गर्ने साझा संगठन भएकोले पनि जातिय संगठनको मार्ग निर्देशन अनुरुप अघि बढ्ने जानाकारि गराउदै सबैको सहयोग र सल्लाह सुझाबको सदैव स्वागत गर्ने अझै सक्रिय सहयोगको लागि हार्दिक अपिल गर्नुभयो । त्यसैगरि उत्त समारोहको सभापतित्वको आशन ग्रहण गर्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले जापानको बदलिदो परिस्थिति, समयअनुकुल संगठनलाई परिमार्जित गर्दै शसंत्त रुपमा अघि बढाउने र जापानबासि थकालीहरु लगायत आम नेपालीहरु संग हातेमालो, भाईचाराको भावना अभिप्रेरित गर्दै सबैसंग हातमा हात र काधमा काध मिलाउदै राष्ट्रको बिकाशको लागि समेत आफुहरु सदैब सचेतका साथ अघि बढिरहेको कुरा बताउनुभयो ।
कार्यक्रममा थसेसका नवआगन्तुक आफ्ना सदस्यद्धयहरु क्रमश श्रीमति शुमिना शेरचन, सुश्री प्रविना गौचन, श्रीमति सलिना तुलाचन, श्रीमति शारदा शेरचन र श्रीमति सुनिता भट्टचनलाई अध्यक्ष गौचनले खाता ओढाई स्वागत गर्नुभएको थियो भने, अर्का अतिथि थकाली राष्ट्रिय मुत्तिमोर्चाका उपत्यका ईन्चार्ज राजु शेरचनलाई जनजाति महासंघ टोक्योका अध्यक्ष भट्टचनले खाता ओढाई स्वागत गर्नुभएको थियो ।
२०१० लाई अन्तिम घडिमा बिदाई स्वरुप काउन्टडाउन शुरु गरि २०११ लाई हर्षोल्लासकासाथ सामुहिक रुपमा स्वागत गर्दै शुभकामना आदानप्रदान समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको बिट मार्दै थसेस जापानका महा-सचिव अनिल भट्टचनले यस किसिमको कार्यक्रम पहिलो पटक शुरुआत सहित आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दै दोस्रो चरणको बिविध रमाईलो कार्यक्रम संचालनको लागि सह-कोषाध्यक्ष दिपक गौचनलाई माईक हस्तान्तरण गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रम दिपक गौचनले सायरि वाचन गर्दै अति नै कुशल पुर्वक शुरुआत गर्नुहुदै कार्यक्रममा मुक्तक,चुटकिला तथा सामुहिक नाचको घमसान भिडन्तले गर्दा बिहानको २ बजेको पत्तै नपाएपनि भट्टचन तेप्पानयाकिको स्वादिष्ट नेपाली र जापानी मिश्रणखानाको सत्कारले मात्र सबैलाई समयको जानाकारि गराएको थियो । ५० जना भन्दा बढि उपस्थिति रहेको उत्त कार्यक्रममा थसेस जापानको आयोजनामा संयोजक शशि गौचनको पहलमा भएको थियो । अन्तमा उत्कृष्ट स्वाद लिदै फेरि भेट्ने बाचाकबुल सहित कार्यक्रम समापन गरिएको थियो ।


थपलिन्कको लागि तलतिर क्लिक् गर्नुहोस् ।









फोटो : अनिल भट्टचन र जयकार शेरचन

No comments: