Wednesday, January 19, 2011

थकाली भाषाको कक्षा संञ्चालन

सरद डायरि । मंगलबार, माघ ४, २०६७
हामि थकालीहरुको थकाली भाषा कक्षा संञ्चालन भएको अति नै खुशीको खवर प्राप्त भएको छ । लामो समयदेखि प्रयासरत यस कार्यको लागि थसेस जापानले ५ बर्ष अघि नै प्रत्येक बर्षको लागत खर्च समेत बेहोर्ने जिम्मा लिई उत्त रकम नेपालमा पठाईसेकेको छ ।
जेहोस, ढिलै भएपनि थसेस अनुसन्धान केन्द्रको पहलमा यस पवित्र कार्य शुरुआत भएको छ । यस पवित्र कार्यको उच्च मुल्याङ्कन गर्दै निरन्तरताको लागि मेरो ब्यत्तिगत तर्फबाट पनि हार्दिक अनुरोध गर्दछु ।

प्राप्त समाचार तलतिर जस्ताको तस्तै.........
यहि पौंष ११ गते २०६७ देखि भोटे बहाल स्थित चन्द्र गौचनज्युको घरमा थसेस जापानका साथै नेपाल जापान सम्पर्क समितिको संयुक्त लगानी र थकाली अनुसन्धान केन्द्रको पहलमा निशुल्क थकाली भाषा कक्षा संञ्चालन हुदै आएको छ । बृहत रुपमा प्रचार प्रसार गर्दै भविष्यमा अरु धेरै क्षेत्रमा पनि भाषा कक्षा संञ्चालन गर्दै जाने लक्ष्य लिईएको छ ।
यस अभियानलाई सफल बनाउनको लागि आयोजक पक्षले यसै सुचनालाई आधारमानि सहभागि हुनको लागि पनि हार्दिक अपिल गरेको छ ।
स्मरण रहोस, लामो समयको परिश्रम पश्चात शुरुआत गरिएको यस कक्षामा संम्लग्न बिद्यार्थीहरुलाई एक थान कपी र एक थान कलम उपहार स्वरुप प्रदान गरिदै धमाधम भर्ना भईरहेको समेत जानाकारिमा आएको छ ।

No comments: