Sunday, July 15, 2012

थसेस जापानको समर बार्बेक्यु (बनभोज) कार्यक्रमको तयारि पुरा

सरद डायरि । शनिबार, अषाढ ३०, २०६९

थकाली सेवा समिति जापानद्वारा आयोजित भोलि आईतबार जुलाई १५ का दिन हुन गईरहेको समर बनभोज कार्यक्रमको तयारी पुरा भएको संयोजक नपेन्द्र भट्टचनले जानाकारि गराउनु भएको छ ।
थसेस जापानको आयोजनामा बिगतका बर्षहरुमा झैं यस बर्ष पनि  सिनकिबास्थित समुन्द्रको नजिकै मनोरम दृष्यालोवकन संगै हरियाली बार्बेक्यु स्पटमा  समर वार्वेक्यु (बनभोज) कार्यक्रम हुन गईरहेको हो । कार्यक्रम संयोजक भट्टचनले एक बिज्ञप्ति मार्फत कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको कुरा जनाउनुभएको हो ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, थसेस जापानको बार्षिकि कार्यक्रम मध्ये कै एक महत्वपूर्ण यस समर वार्वेक्यु कार्यक्रम, बिगत डेढ दशक अघि देखि निरन्तर प्रत्येक बर्ष जापानबासी नेपाली माझ सम्पन्न हुदै आईरहेको कुरा जनाईएको छ ।
अति नै गुणस्तरिय र उत्कृष्ठ मासुको परिकार तथा भरपुर पेय पदार्थ एवं विविध मनोरञ्जनात्मक कार्यक्रममा  उपस्थितिका लागि हार्दिक स्वागत गरिन्छ  बिज्ञप्तिमा उल्लेख गरिएको छ ।  बिभिन्न संचार माध्यम मार्फत सूचना जारी  गरिएको भएपनि  संस्थाका अध्यक्ष शरदकुमार गौचनले जापानबासी सम्पूर्ण नेपालीहरुलाई पुन: हार्दिक खुल्ला निमन्त्रणा गर्नुभएको छ ।
कार्यक्रमको बिवरण
कार्यक्रम बिवरण : समर बार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई १५, २०१२ (आईतबार)
समय : बिहानको १०:०० बाट, दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्ष आयोजित स्थल)
स्टेशन : सिन्किबा – सव वे युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन
(सिन्किबा स्टेशनबाट बार्वेक्यु स्थल सम्म करिव हिडेर १० मिनेट मात्र)
प्रवेश शुल्क : ३,५०० एन (पुरूष) र ३,००० एन (महिला) सहयोग स्वरुप
थप बिस्तृत जानाकारिको लागि





No comments: