Tuesday, July 24, 2012

गीतहरुबाट भोकल डिलेट गरि म्युजिक ट्र्याक मात्र बनाउने सफ्टवयर

सरद डायरि । सोमबार, साउन ८, २०६९
यसो नेट सर्फिङ्ग के गरेको थिए, मैले आवश्यक महशुष गरेको निशुल्कमा उपलब्ध सफ्टवयर पत्ता लाग्यो, जसको सहयोगले बिशेष गरि गायककारहरुलाई फाईदाजनक र महत्वपुर्ण भुमिका निर्वाह गर्ला भन्ने मनसाय बमोजिम केहि जानाकारि तल उल्लेखित गरिन्छ आवश्यक महशुष गर्नुहुने संम्बन्धित सबैको लागि जानाकारि गराउदछु ।
आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउने software हरुको बारेमा पहिले पनि चर्चा गरिसकिएको छ ( हेर्न यहा क्लिक् गर्नुहोला ) । अहिले फेरी यही बिषयमा चर्चा गरौ किनकी यहाँ चर्चा गर्न लागिएको software को मद्तले अरु भन्दा सजिलै यो काम गर्न सकिने छ र अर्को महत्वपूर्ण कुरा अहिले यो फ्रीमा उपलब्छ छ । यो software को सहायताले full Stereo Sound मा भएको गीतको Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्तले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । अरु थुप्रै software हरु माझ Vocal Reduce नामक software पनि निक्कै लाभदायक सिद्द हुनसक्ने कुरामा शँका छैन । अब यो software को मद्त बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) software download गरी आफ्नो कम्प्युटरमा Install गरौ ।
२) Install भईसकेपछि उक्त application लाई open गरौ र Vocal हटाउन पर्ने गीत Import गर्न file मेनु मा क्लिक गरौ र Load लाई छानौ ।




३) गीतको location दिएर ओके गरौ ।
४) गीत Load भई सकेपछि Vocal हटाउन मेनु बारमा भएको Vocal Reducer बटन लाई क्लिक गर्नुहोस् ।
५) त्यहा केही option हरु देखिनेछन केही नचलाई मात्र ओके बटन क्लिक गरिदिनुहोस् ।









६) Status Editing १००% हुन दिनुहोस् र play Full बटन क्लिक गरी सुन्नुहोस् ।
७) अब फाइल लाई save गर्न File मेनु क्लिक गरेर Resample and export मा क्लिक गर्नुहोस् र location दिएर ओके बटन क्लिक गर्नुहोस् ।


साभार : क्यामज्जा

No comments: