Monday, July 16, 2012

यस्तो भयो, थसेस जापानको समर बार्बेक्यु (बनभोज) २०१२ को कार्यक्रम

सरद डायरि । आईतबार, अषाढ ३१, २०६९

थसेस जापानद्धारा आयोजित आज जुलाई १५, २०१२ आईतबारका दिन समर बार्बेक्यु (बनभोज) कार्यक्रम यसरि सम्पन्न गरियो ।
बिस्तृत बिवरण सहित केहि फोटोहरु(फोटो आफै बोल्छ) तपसिल बमोजिम  जस्ताको तस्तै.......
समुद्रपारि डटकम
नेपालजापान डटकम
टोक्योनेपाल डटकम
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालब्रिट्रेन डटकम





 

































आईतबार टोकियोको तोरिचु युमेनो सिमा कोएन नामक हरियालि मनोरम दृष्यालोवकन संगै समुन्द्रको किनार स्थित पार्कमा थकाली सेवा समिति जापानद्धारा आयोजित समर बार्बेक्यू कार्यक्रम बिशाल नेपालीहरुको माझमा बृहत रुपमा धुमधामका साथ सम्पन्न भएको छ।
जापानका लागि नेपाली राजदुत महामहिम डा. मदन कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमको अन्य अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, जनजाति महासंघका कार्यबाहक अध्यक्ष पासाङ शेर्पा, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ, मगर संघ जापानका अध्यक्ष सैलेन्द्र थापा मगर, मनाङ सोसाईटिका अध्यक्ष पेम्बा लामा, म्याग्देली संजालका अध्यक्ष महेन्द्र खड्का, माया नेपाली संगित संस्थाका अध्यक्ष युको ओकामोतो, नेपालजापान युथ क्लबका अध्यक्ष तासि लामा, वुईफरअलका अध्यक्ष सरोज कुमार खत्री, नेपाल जापान फ्रेण्डसिप एण्ड सांस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन र नेपाल जापान सम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ लगायत अन्य जापानका क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको पनि ठुलो उपस्थिति रहेको थियो।
कार्यक्रमको शुरुमा आयोजकको तर्फबाट बार्बेक्यु कार्यक्रमका संयोजक तथा संस्थाका बिशेष सल्लाहाकार नपेन्द्र भट्टचनले आगन्तुक सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रममा पुर्ण ब्यबस्थित सहित भरिपुर खान पिन र रमाईलो कार्यक्रमको ब्यबस्थापन गरिएकोले बर्षभरिकै जापानको थकाई मेटाई रिफ्रेस हुन अनुरोध गर्नु भयो।
त्यस पश्चात प्रमुख अतिथि महामहिम राजदुतले शुभकामना मन्तब्य दिदै, थसेस जापानले आम जापानबासि नेपालीहरुलाई एउटै चौतारामा थकाई मेटाउने बिसौनिको रुपमा यस बार्बेक्यु कार्यक्रम सम्पन्न गेरकोमा खुशी ब्यक्त गर्दै यस कार्यक्रमको आवश्यकता, महत्वको बारेमा आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो। भविष्यमा पनि निरन्तरताको लागि समेत अनुरोध गर्दै कार्यक्रम सफलताका साथ सुचारु भएकोमा शुभकामना समेत दिनु भएको थियो।
थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले संस्थाको परिचय पत्र कार्यक्रम संयोजक नपेन्द्र भट्टचनलाई हस्तान्तरण गर्दै तेस्रो चरणको परिचय पत्र बितरण कार्यक्रम शुभआरम्भ गर्दै करिवन ४५० बढिलाई बितरण गरिसकेको र प्राप्त नगर्नु भएका सदस्यहरुलाई यथासिघ्र थसेस जापानलाई आवेदन दिन पनि अनुरोध सहित जानाकारि गराउनु भयो।
त्यस पश्चात, संस्थाका नब बिबाहित सदस्यहरु, नब आगन्तुक सदस्यहरु र नबजात शिशुलाभ भएका सदस्यहरु सहित अन्य बिशेष ब्यक्तित्वहरुलाई आयोजकको तर्फबाट प्रमुख अतिथि महामहिम राजदुत र अन्य अतिथि मार्फत खादार्पण गरि सम्मान तथा बढाई ज्ञापन गरिएको थियो।
जसअनुसार, नब बिबाहित जित गौचन र शान्ता शेरचनलाई प्रमुख अतिथिको हातबाट खादार्पण गर्ने कार्यको शुरुआत गर्दै, अन्य नव बिबाहित सदस्यहरु आदेश सेरचन र पुजा गौचन, राम गौचन र मन्जिला शेरचन तथा संस्थाका उपाध्यक्ष अनिल भट्टचन र कला भट्टचनलाई दाम्पत्य जिवनको लागि बढाई सम्मान सहित खादार्पण गरिएको थियो।
त्यसैगरि नबजात शिशु लाभ हुने सदस्यहरुमा किशोर शेरचन र सुमिना शेरचनलाई पुत्री लाभ भएको अबसरमा एवं कुमार शेरचन र बन्दना शेरचनलाई पुत्र लाभ भएकोमा खुशियालीमा खादार्पण गर्दै शुभकामना बढाई सम्मान गरिएको थियो। त्यसैगरि नबआगन्तुक सदस्यहरुमा, एलिशा भट्टचन, शान्ति तुलाचन, शर्मिला शेरचन र जापान भ्रमणमा रहनु भएका कुमार शेरचनका माता पितालाई पनि खादार्पण गर्दै स्वागत सम्मान गरिएको थियो।
जापानमा बिगत केहि बर्ष अघि देखि किकबक्सिङको माध्यमद्धारा नेपालको नाम उचो बनाउन सफल किक् बक्सर मोहन महर्जन (ड्रागन) लाई उत्कृष्ठ कार्य गरे बापत उच्च मुल्याङ्कन गर्दै खादार्पण बढाई सम्मान गरिएको थियो भने, अर्का जापान भ्रमण रहनु भएका नेपाली फिल्म क्षेत्रमा उत्कृष्ठ र सफल फिल्म निर्माताको रुपमा परिचित एवं स्वदेश तथा बिदेशमा चर्चित “लुट” नामक नेपाली फिल्मका निर्माता माधव वाग्ले लाई पनि संस्थाको तर्फबाट बढाई सम्मान सहित खादार्पण गरिएको थियो।
कार्यक्रमको बिशेष आकर्षक बिन्गो खेलको क्युईक फाईब, फोर कर्णल, सेकेन्ड कोलम, फोर्थ कोलम र फुल हाउसका बिजेता क्रमश: दिपक श्रेष्ठ, बिज्ञान गौचन, निरा गुरुङ, सनिसा तुलाचन, पुरन शेरचन लाई नगद जापानी एन संस्थाका अध्यक्ष गौचनले हस्तान्तरण गर्नु भएको थियो भने, अर्को आकर्षक लक्कि ड्रका बिजेताहरु क्रमश सन्दिप तुलाचन, बिक्रम गुरुङ, बिना गौचन र बिक्रम थकालीलाई आउदो अगष्ठ १२ मा आयोजना हुन गईरहको १६ औं रोधी सांझको प्रवेश टिकट संयोजक भट्टचनले हस्तान्तरण गर्नु भएको थियो।
बिबिध मनोरञ्जन तर्फ युथ ब्यान्डको लाईभ नेपाली कन्सर्टले कम्मर मर्काई मर्काई नाच्ने सहभागिहरुको कमि थिएन भने, नेपाली र जापानी बुहारि बिचको दोहोरि गित पनि जम्नु जमेको थियो संगै डिजेकार राजु शेरचनको धमाकाले सहभागिहरुले भरिपुर मनोरञ्जन लिएका थिए।
स्मरण रहोस, जापानकै एक्लासको मासुको परिकारहरु सहित सलाड, फ्राईनुडल, नेपालको घरको याद दिलाउने अचार र डेजार्टमा आईसक्रिम समेत प्रपन्च मिलाईएको यस कार्यक्रमको बिहान १० बजे देखि बेलुकाको साढे चार बजे सम्म प्रचण्ड घाममा निरन्तर चिसो बियर, वुईस्कि, जुस, ककटेल,वाईन निहोन्स्यु, उमेस्यु लगायतका पेय पदार्थको कुनै कमि नभएको यस कार्यक्रममा उपस्थित अधिकांस सहभागिहरुले बताएका थिए।
कार्यक्रममा उपाध्यक्ष दिपक गौचन र सारदा भट्टचनको कुशल संचालन संगै सहयोगि जिबन भट्टचन तथा सन्तोषी गौचनको बिशेष भुमिका रहेको यस कार्यक्रमलाई भबिष्यमा अझै पुर्ण ब्यबस्थित गर्दै लैजाने उदेश्य अनुरुप लिखित मत सर्वेक्षण पनि लिईएको थियो।
कार्यक्रमको अन्तमा अध्यक्ष शरद कुमार गौचनले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण उपस्थिति श्रोताबृद्धहरु, सहयोगी सम्बन्धित सम्पुर्ण महानुभावहरु र आफ्नै कार्य समितिका सहयात्रि मित्रहरुलाई पनि धन्यबाद ज्ञापन गर्दै यस कार्यक्रमले जापानबासि नेपाली बिच एक आपसमा समन्वय, सदभाब र सुमधुर सम्बन्ध कायम गर्न केहि हदमा भएपनि बृद्धि भएको बिचार ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।
अनलाईन मेडियामा प्रकाशीत लिन्क तलतिर.....
समुद्रपारि डटकम
नेपालजापान डटकम
टोक्योनेपाल डटकम
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालब्रिट्रेन डटकम

No comments: