Monday, July 30, 2012

तामझामका साथ सम्पन्न टोक्योमा नेपाल फेस्टिवल २०१२

सरद डायरि । आईतबार, साउन १४, २०६९
नेपाल डे फेस्टिवलको दोस्रो दिन यानिकि अन्तिम दिन र आज आईतबार परेकोले पनि बिशेष गरि नेपालीहरु र जापानीहरु लगायत धेरै ठुलो उपस्थिति थियो फेस्टिवलमा, बिडम्बना आज पनि दुईवटा कार्यक्रम परेकोले फेस्टिवल पश्चात नेपाली किक् बक्सर मोहन महर्जनको (ड्रागन) महत्वपुर्ण खेल थियो, उत्त खेलको लागि ड्रागनले मलाई धेरै पटक टेलीफोन सम्पर्क, ईमेल सम्पर्क र मेरो आफ्नै कार्यक्रममा समेतमा आएर निम्तो दिनु भएकोले जसरि पनि जानु थियो, खेल ५ बजे देखि शुरु हुने भएकोले ढिलै भएपनि ४:३० तिर हिड्ने बिचार गरे ।
पत्रकार मित्रहरु पनि संगै जाने कुरा भएकोले गाडिमा लागि गन्तब्य स्थलतिर.. अन्य बाकि बिवरण तलतिर फोटो आफै बोल्छ... )

मोहन महर्जन (ड्रागन) र फुजिताबिचको खेल ड्र, पुन: प्रतिस्पर्धा गर्नुपर्ने
नेपाली ड्रागन मोहन महर्जन र जापानी खेलाडी जेन फुजिताबीको खेल बरावरीमा सकिएको छ । आइतवार जापानको टोक्योस्थित आरिआके डिफर स्टेडियममा भएको किक बक्सिङ प्रतियोगितामा मोहान र फुजिताले बरावरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा पाँचौ राउण्डसम्म खेले पनि निर्णायकहरुले खेल ड्र भएको निर्णय सुनाएका हुन् । निर्णयसंगै उनीहरुले उपाधीका लागि फेरी प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
अर्को प्रतियोगिताका लागि आयोजकले टुर्नामेन्टको लागि समय तालिका भने सार्वजनिक गरेको छैन । उपाधी हात पार्नेले आगामी सेप्टेम्बर १७ मा हुने बिश्व च्याम्पियनसीपमा भाग लिन पाउने आयोजकले जनाएको छ ।खेल हेर्न तथा नेपाली खेलाडी मोहनलाई हौसला दिन उल्लेख्य नेपालीहरु नेपालको राष्ट्रिय झण्डाका साथ रंगशालामा पुगेका थिए ।
जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा नेपालीहरु रंगशाला पुगेका थिए । 

 


 

 








गैर-आवासीय नेपाली संघ जापानको योजनामा टोक्योस्थित योयोगी पार्कमा दुइ दिने नेपाल फेस्टिबल आईतबार भब्यताका साथ सम्पन्न भएको छ।
शनिबार बिहान १२ बजेवाट सुरु भएको सो फेस्टिवलको औपचारिक रुपमा दिउँसो २ बजे कार्यक्रममा प्रमुख अथिति जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराई र अतिथिहरु नेपालका लागि पूर्व राजदूतहरु, नेपाल जापान सोसाईटीका पदाधिकारी, जापानमा रहेको नेपाली समुदायका प्रतिष्ठित ब्यक्तित्वहरुबाट संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरिएको थियो ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. भट्टराईले आफ्नो मन्तव्य राख्दै नेपाल र जापानको सम्बन्ध अझै प्रगाढ बनाउन यस्ता कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिदै नेपाल फेस्टिवलले जापान र नेपालको सम्वन्ध अझ सुमधुर हुनका साथै पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो। साथै लुम्बिनी भ्रमण बर्ष २०१२ चलिरहेको सन्दर्भमा नेपाल-जापान सिधान उडान सेवा शुरु हुन गईरहेकोमा नेपालको पर्यटन प्रबर्धनमा थप टेवा पुग्ने विचार व्यक्त गर्दै एक पटक बुद्धको जन्म स्थल लुम्बिनी भ्रमणका लागि जापानीहरुलाई आग्रह समेत गर्नु भयो ।
सो अवसरमा नेपाल जापान सोसाईटीका अध्यक्ष कोजिमा मात्सुआकी, नेपालका लागि पूर्व जापानी राजदूत तथा लुम्बिनी भ्रमण बर्ष २०१२ का सद्भावनादूत मिजुनो ताकेसी, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापा लगायतका अतिथिहरुले फेष्टिबल सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
आयोजक सँस्थाका उपाध्यक्ष तथा फेष्टिबल संयोजक चिरिञ्जीवी थापाले अतिथिहरु लगायत महोत्सवमा उपस्थित सर्बसाधारण सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो भने आयोजक सँस्थाका अध्यक्ष ओम गुरुङले लुम्बिनी भ्रमण बर्ष -२०१२ को अवसरमा जापानमा नेपाललाई चिनाउन र नेपालीहरुको एकता देखाउन यो फेष्टिबलले महत्वपूर्ण भुमिकाराख्ने बताउनुभयो । अध्यक्ष गुरुङले बिदेशमा धेरै कठिन परिरिस्थितिका बाबजुद पनि फेष्टिबल सफलतापूर्वक सम्पन्न पार्न आ-आफ्नो तर्फबाट बिभिन्न ढंगले सहयोग, समर्थन र नैतिक बल प्रदान गर्ने सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यबाद दिदै 'आगामी बर्षहरुमा यसलाई अझ थप ब्यवस्थित गर्दै जापानमा स्थापित कार्यक्रमको रुपमा बिकास गर्दै लगिने बताउनु भयो ।
फेष्टिबलमा जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरुद्वारा नेपाली कला सँस्कृति झल्काउने नेपाली गीत, संगीत र थालीनृत्य प्रस्तुत गरिएको थियो । यसका साथै फेष्टिबलमा लोकदोहोरीको घम्साघम्सी रहेको थियो साथै म्याग्देली सञ्जाल जापानले प्रस्तुत नेपाली पञ्चबाजा प्रस्तुत गरेको थियो ।कार्यक्रममा जापानका चर्चित नेपाली गायकहरु रामकृष्णबम मल्ल, युवराज आचार्य, अमर गुरुङ, सूर्य खड्कालगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो भने बाद्यबादनतर्फ मनबहादुर थापा, ऋषि पौडेल लगायतले सहयोग गरेका थिए । यसैगरी दोहोरीमा सरस्वती पुन, मीना लोहनी, राधिका सापकोटा लगायतका गायिकाहरुको सहभागिता रह्यो ।
फेष्टिबल संयोजक चिरिञ्जीवी थापाले गर्मीका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रहेको र समग्रमा फेष्टिबल सफल भएको बताउनुभयो ।साथै काम गर्ने क्रममा हुन गएका कमी कमजोरीहरुलाई सच्याउँदै आगामी बर्षमा अझ प्रभावकारी रुपमा फेष्टिबलको आयोजना गर्ने जानाकारी दिनुभयो । जापानीहरुलाई नेपाल चिनारी सम्बन्धि प्रभावकारी प्रस्तुतीहरु रहनुपर्ने, लुम्बिनी र बुद्धको प्रचारप्रसारका लागि सान्दर्भिक सामाग्रीहरुको ब्यापक बितरण गरिनुपर्नेमा ध्यान दिनुपर्ने फेष्टिबलमा उपस्थित अवलोकनकर्ताहरुले सुझाव दिएका थिए ।
दईदिन सम्म चलेको फेष्टिबलमा माया नेपाली संगीत संस्थाकी संयोजक युको ओकामोतो मल्ल, यशोदा बस्नेत थापा र बिश्व भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो । जेएमई, आईएमई, बिबि एअरवेज, एबिज डिजाईन लगायतका कम्पनीहरुले प्रायोजन गरेको सो फ़ेष्टीबलमा तुलनात्मक रुपमा पहिलो दिन भन्दा दोश्रो दिन अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No comments: