Sunday, July 29, 2012

यसरि शुरु भयो जापानमा नेपाली फेस्टिवल २०१२

सरद डायरि । शनिबार, साउन १३, २०६९
आज देखि शुरु भएको टोक्योको योयोगि पार्क स्थित नेपाली फेस्टिवल सम्पन्न गरे पश्चात बेलुकाको ५ बजेबाट मेरो आफ्नो संलग्न संस्थाको सदस्यहरु ज्युहरुको नेपालबाट घुम्न आउनु भएका अभिभावकको स्वागत र जापानबाट फर्कनुहुने आफन्तको बिदाई समारोहको लागि तर्जुमा भएको छ । ६ बजेतिर सम्पुर्ण सदस्यहरु संगै भेटघाट गरि कार्यक्रम आयोजना गरिने ब्यबस्थापकले मिलाएको छ । सधै झै आज पनि २ वटा ठुलै कार्यक्रम भ्याउनुपर्ने भएकोले डौडधुप त हुने नै भो ।
उत्त दुबै कार्यक्रमको झलकहरु तलतिर जस्ताको तस्तै (फोटो आफै बोल्छ....)      
                                                                                                                                                                 












फोटो : दिपक गौचन


गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजित टोक्योको मुटुमा रहेको योयोगी पार्कमा आजदेखि दुई दिने नेपाल फेष्टिबल शुरु हुँदैछ। सो दुई दिने फेष्टिबलको औपचारिक उदघाटन समारोह अपरान्ह २ बजे हुने आयोजक संस्था एनआरएन जापानले जनाएको छ ।
उदघाट्न समारोहमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, नेपालका लागि जापान पुर्व राजदूतहरु, नेपाल जापान सोसाईटीका पदाधिकारीहरु, जापानमा रहेको नेपाली समुदायका प्रतिष्ठित ब्यक्तित्वहरु, मिडियाकर्मी, ब्यवसायी, बिद्यार्थी लगायत सर्बसाधारण नेपाली तथा जापानीहरुको उपस्थिति रहने बताईएको छ । शनिबार र आइतवार गरी दुई दिवसीय फेष्टिबलको योयोगी पार्कस्थित मुलस्टेजमा भोलि समुदघाटन समारोह हुन लागेको हो ।
फेष्टिबलमा नेपाली कला सँस्कृति झल्काउने झाँकी, नेपाली गीत, संगीत र नृत्य प्रस्तुत गरिने छ । यसका साथै नेपाली पञ्चबाजा, थालीनृत्य, लोकदोहोरी लगायतका आकर्षणहरु पनि फेष्टिबलमा रहने बताईएको छ । यसैगरी फेष्टिबलमा नेपाली उत्पादनका स्टलहरुका साथै नेपाली परिकारका स्टलहरु पनि रहने छन् । मनि ट्रान्सफर, टेलिफोन कार्ड, रियलस्टेट कम्पनीलगायतका ब्यवसायीहरुको पनि फेष्टिबलमा स्टल रहने छ भने बिभिन्न सामाजिक संघसंस्थाका चिनारी दिने स्टलहरु पनि रहने फेष्टिबल संयोजक चिरिञ्जीवी थापाले बताउनुभयो ।
फेस्टिबललाई सभ्य र मर्यादित रुपले सफलतापूर्वक सम्पन्न गर्न बिभिन्न जिम्मेवारीहरु बाँडफाँड गरिनुका साथै शान्ति, सुरक्षा, आपतकालिन उद्वारकार्य लगायतका सबै तैयारीहरु पुरा भईसकेको आयोजक सँस्था एनआरएन जापानका अध्यक्ष ओम गुरुङले बताउनुभएको छ ।
यो बर्षको फेष्टिबल एनआरएन जापानले एउटा जापानी गैरसरकारी सँस्था निङ्ग्योसंगको सहकार्यमा आयोजना गरेको हो । फेष्टिबल आयोजनाका सम्बन्धमा केहि बिषयहरुमा स्पष्ट नभएको भन्दै जन गुनासो आउने गरेकोले आयोजक सँस्थाले हालै एक बिज्ञप्ती मार्फत स्पष्ट पारिसकेको र एनआरएनले जापानी गैरसरकारी सँस्थासंग मिलेर गर्नुको कारण र अन्य मुलुकका फेष्टिबलसंगै एकैदिन गर्नुको कारणबारे सर्बसाधारण सबैका लागि स्पष्ट पारि सकिएको बताएको छ ।
फेष्टिबललाई मर्यादित, उपलब्धिमुलक र ऐतिहासिक बनाउन सबै नेपालीहरु एवं जापानी मित्रहरुको न्यानो सहयोग र समर्थनका लागि आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् । दुइ दिवसीय फेष्टिबलमा तीनलाख अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकहरुको दाबी छ ।

















फोटो : सन्दिप ढुंगाना

No comments: