Monday, August 27, 2012

एनआरएन सिड्नी क्षेत्रिय सम्मेलनमा जापानटोलि त्यस तर्फ आज प्रस्थान

सरद डायरि । सोमबार, भाद्र ११, २०६९
 
 

 
अष्ट्रेलियाको सिड्नीमा हुन गईरहेको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सातौ क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि जापानबाट एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
एनआरएन जापानका अध्यक्ष ओम गुरुङको नेतृत्वमा रहेको टोलीमा एशिया प्यासिफिक उपसंयोजक किरणविक्रम थापा, सल्लाहकार भूषण घिमिरे, कोषाध्यक्ष नरबहादुर थापा, प्रवक्ता शरदकुमार गौचन, आईसीसी युवा प्रतिनिधि सुदन थापा र दीपक थापा रहनुभएको छ ।
यहि अगष्त ३० देखि सेप्टेम्बर १ तारिख सम्म अष्ट्रेलियाको सिड्नीस्थित ’द मेड्रिड सिड्नी होटल’ मा हुन गईरहेको एनआरएन क्षेत्रीय सम्मेलनमा भाग लिन जापानबाट आईसीसी कोषाध्यक्ष भवन भट्ट, आईसीसी सदस्यद्वय  डा. सुदिप अधिकारी र रोविन्द श्रेष्ठ, आईसीसी पूर्व प्रवक्ता डा. कुमार बस्नेत, एनआरएन माहासचिव डा. राजेन्द्र पराजुली, एनआरएन जापानका सदस्यहरु देवीलाल भण्डारी, डिपी कँडेल ब्यवसायी केशवप्रसाद श्रेष्ठ मलेकुलगायतका ब्यक्तिहरु भने भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एनआरएन जापानका प्रवक्ता शरदकुमार गौचनले बताउनुभएको छ ।
एनआरएन अभियानसंग जोडिएको सामुहिक लगानीका जलबिद्युत, फाष्ट ट्रयाक र बिबि एअरवेज जस्ता महत्वाकाँक्षी आयोजनाहरुलाई अगाडि बढाउन र समग्र एनआरएन अभियानको आगामी मार्गचित्र स्पष्ट गर्न सिड्नी सम्मेलनले महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ ।
सिड्नी सम्मेलन ३०, ३१ र १ तारिख रहेको छ भने, २ तारिखमा नेपाल फ़ेष्टिबल रहेको छ ।

No comments: