Tuesday, April 1, 2014

थसेसका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन टोक्योमा

सरद डायरि । सोमवार, चैत्र १७, २०७०
थकाली सेवा समिति जापानको निमन्त्रणामा जापान आगमन हाम्रा आदरणीय केन्द्रिय अध्यक्ष ज्युको (जापान आगमन) तपसिल समाचार संम्प्रेषण गरियो । जुन तपसिल अनलाईन मेडियाहरुको ब्यहोरा तलतिर जस्ताको तस्तै.........
 
थसेसका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन टोक्योमा

 
थकाली सेवा समिति जापानको अप्रिल ६ तारीक आईतबारका दिनमा हुन गईरहेको १२ औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यतताका लागि नेपालबाट आमन्त्रित केन्द्रिय थकाली सेवा समितिका अध्यक्ष खगेन्द्र भट्टचन अस्ति दिउसो मार्च ३० तारिक शनिबारका दिनमा टोक्यो आईपुग्नु भएको छ।
थकालीहरुको महान चाड तोरन्ल्ह तथा फागुपुर्णीमाको सुभ-अबसरमा थसेस जापानले प्रत्येक बर्ष आयोजना गर्दै आएको नियमित कार्यक्रममा आमन्त्रण गरिएका अध्यक्ष भट्टचन दम्पतिलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचन र सदस्य गिरि शेरचनले टोक्योको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा खादा ओढाई स्वागत गर्नु भएको थियो।
स्मरण रहोस, थसेस जापानले प्रत्येक बर्ष शुभकामना साँझको नामबाट नेपालका चर्चित कलाकारलाई आमन्त्रण गरि जापानबासि नेपालीहरुलाई मनोरञ्जन दिदै आयता पनि यस बर्ष भने शुभकामना साँझलाई स्थकित गरि आफ्नै संस्थाका सर्वमान्य ब्यक्तित्व तथा केन्द्रिय नेतृत्वलाई आमन्त्रण गरिएको जनाईएको छ।
बर्तमान जापानको परिस्थिति तथा संस्थाको हित एवं आवश्यकता अनुसार थालनी गरिएको यस कार्यमा आफ्नै भाषा,धर्म, संस्कृति, मौलिक सामाजिक संस्कार र संस्थाको आवश्यकता एवं औचित्यको बारेमा केन्द्रिय अध्यक्षबाट आन्तरिक प्रशिक्षणको दिने कार्यक्रम रहेको कुरा अध्यक्ष गौचनले बताउनु भएको छ।
साथै यस कार्यक्रममा सम्पुर्ण जापानबासी थकाली दाजु भाई तथा दिदी बहिनीहरु, शुभचिन्तकहरु एवं सहयात्री संस्थाहरुलाई पनि उपस्थितिको लागि निमन्त्रणा-पत्र र अनुरोध गरिएको भएता पनि प्राप्त नगर्नु भएका महानुभावहरुलाई यसै सुचनालाई आधार मानेर उपस्थितिको लागि यस कार्यक्रमका संयोजक तथा सचिब हेमन्त शेरचनले पुन अनुरोध गर्नु भएको छ।
http://www.welovenepal.com/?p=76411
http://www.dcnepal.us/news/news.php?nid=113795
 

No comments: