Monday, April 7, 2014

थसेस जापानको १२ औं अधिवेशनमा संस्थाको चिनो स्वरुप सोभिनियर बितरण गरिने ।

सरद डायरि । आईतबार, चैत्र २३, २०७०
आज मैले नेतृत्व गरेको आवद्ध संस्था तथा जापानमा जेठो जातिय संस्थाले परिचित संस्था थसेस जापानको १२ औं अधिवेशन संगै मेरो नेतृत्वदायि भुमिकाको अन्तिम दिन हो ।
मैले कार्यबहाल गरेको अस्ति भर्खरै जस्तो लागेता पनि दुई कार्यकाल तथा चार बर्ष बितेको पत्तोनै पाएनछु, यस चार बर्षको अबधिमा बिभिन्न उटाव चढावको अनुभव गरेता पनि कत्ति पनि बिचलित नभई सधैब संस्थाको सर्वोपरि हितलाई मध्यनजर राख्दै तथा पद ग्रहण गर्दा प्रतिबद्धता गरेका बचन एवं आफ्नो भिजन अनुसार सक्दो धेरै कार्यहरु योजनाबद्ध रुपमा वा पुर्ण ब्यबस्थितका साथ एक एक गरि सम्पन्न गरे । संस्थाको निम्नतम आधारभुत संरचनालाई सुधार गर्ने कार्य देखी शुरुआत गर्दै संस्थालाई संस्थागत तरिकाले अगाडि बढाउने कार्य  र आर्थिक पक्षको पारदर्शिता तिर विशेष ध्यान दिदै बिभिन्न चरणमा अनगिन्ति ऐतिहासिक सफलता प्राप्त भयो ।
संस्थामा अति नै राम्रो परम्परा बसाल्दै सहि दिशा र उपयोगी परिपाटीलाई सधै पछ्याउने सिस्टम बसेकोमा गर्व गर्दै, हामि थकालीहरुको यस बर्षको महान चाड तोरन्ल्ह तथा नेपाली नया वर्ष २०७१ को उपलक्ष्यमा थसेस जापानले पहिलो पटक हाम्रा सर्वोर्च निकाय केन्द्रका आदरणीय अध्यक्ष ज्युलाई प्रमुख आतिथ्यत्वता ग्रहणको लागि आमन्त्रण पनि गरियो ।
यसै अबसरमा,  उपस्थित सम्पुर्ण सहभागीलाई तपसिल संस्थाको चिनो तथा संम्झना स्वरुप संस्थाको लोगो रहित तक्मा, भुकम्प आउदा बच्ने उपाय संम्बन्धि बुकलेट, कलम र झोला पनि बितरण गरिने योजना रहेको छ ।

 



No comments: