Wednesday, April 2, 2014

थसेस जापानमा दोस्रो अन्तरचन ताराखेल प्रतियोगिता सम्पन्न, शेरचन टिमको बिजयी

सरद डायरि । मंगलबार, चैत्र १८, २०७०
 
तपसिल म आवद्ध संस्थालाई देहाय अनलाईन मेडियामा अस्ति सम्पन्न हाम्रो (अन्तरचन ताराखेल प्रतियोगिता)  कार्यक्रमको समाचार संम्प्रेषण गरिएको अबगत गराए । अन्य केहि मेडियामा प्रकाशन हुने क्रम जारि छ ।
 
 
 जानाकारि नै छ, आउदो ६ तारीकमा हुन गईरहेको थसेस जापानको बिशेष कार्यक्रममा जापानबासी आम थकाली परिवारलाई चुल्हो निमन्त्रणा सहित यहाहरुको अमुल्य राय,सल्लाह,सुझाब तथा निर्देशनको समेत अपेक्षा राख्दछौं । थसेस जापान यहाहरुकै संस्था हो, यहाहरुसंग नङ र मासुको जस्तो संम्बन्ध छ, यहाहरु विना एक पाईला अघि बढ्न पनि असंम्भव छ ।
 तसर्थ समितिको अति महत्वपुर्ण अधिवेशनमा प्रत्यक्ष उपस्थिति जनाई समितिले गरेका गतिबिधि बुझ्ने कुरा वा समिति कस्तो रुपमा अघि बढदा उचित हुने हो? बिगतका कार्यहरुको समिक्षा एवं केहि हामिबाट जान अन्जानमा गल्ति,त्रुतीहरु भएमा औल्याउनु दिनु भई भावि आउने नयाँ कार्यसमितिलाई गल्ति नदोर्याउनुको लागि पनि एक पाठ हुने तथा शिक्षाको रुपमा लिनेछौं ।
साथै, थसेस जापान २३ औं वर्षमा प्रवेश गरेको शुभअबसरमा समितिको तर्फबाट उपस्थिति जनाउनुहुने आम थकाली परिवार तथा अन्य सम्पुर्ण महानुभावहरुलाइ बिशेष सोभिनियर (संम्झना स्वरुप कोशेली) पनि प्रदान गरिने (ओतानोसिमिनि फुकुरो) कुराको पनि अबगत गराईन्छ र नेपालबाट आमन्त्रीत ४ चर्चित कलाकार सहित हाम्रा श्रद्धेय स्थानीय कलाकारहरुको पनि होली धमाका हुने छ ।
 
थसेस जापानमा दोस्रो अन्तरचन ताराखेल प्रतियोगिता सम्पन्न, शेरचन टिमको बिजयी

 थकाली सेवा समिति जापानले हिजो मार्च ३० तारिक आईतबारका दिन थकाली जातिको महान चाड "तोरन्ल्ह" को उपलक्ष्यमा बिधि पुर्वक थकाली देवताको पुजाआजा गर्ने कार्य तथा परम्परागत धनुष खेल एवं अन्तरचन "ताराखेल प्रतियोगिता" तामझाँमका साथमा सम्पन्न गरेको छ ।
कानागावा प्रिफेक्चरस्थित तोचुका नामक आर्चरि खेल मैदानमा बिहानको ११:३० देखी बेलुका ४:३० बजे सम्म जापानमा दोस्रो पटक आयोजित उत्त कार्यक्रममा गौचन, तुलाचन,शेरचन र भट्टचन बिच प्रतिस्प्रधात्मक ताराखेल प्रतियोगिता अति नै सौहार्दपुर्ण बातावरणमा भब्यताका साथ आयोजना भएको हो ।
 कार्यक्रमको शुरुआतमा थकालीको भेषभुषा नोकोनचोलोले सजिएकि दिदीवहिनीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन र उहाकी धर्म पत्नी प्रशन्न भट्टचन, कार्यक्रमका सभापति एवं थसेस जापानका अध्यक्ष शरद कुमार गौचन, थसेस काठमाण्डौं क्षेत्रका पुर्व सल्लाहाकार रित्नु शेरचन, कार्यक्रम संयोजक हेमन्त कुमार शेरचनलाई खादार्पण (केल्च्याङ्ग) गरि शुरुआत गरिएको थियो ।
तत्पश्चात प्रमुख अतिथि श्री भट्टचनले थकालीहरुको चार देवता र ईष्ट देवी नरिझ्यवको धुब प्रजल तथा तारा हान्ने खोलमा विधिपुर्वक पुजाआजा गर्नुहुदै बाण प्रहार गरेर उदघाटन पनि गर्नु भएको थियो । साथै थकाली पोशाक दौरा,सुरुवाल र टोपिमा सजिएका थकाली भाषाका बिज्ञ राजकुमार शेरचन, बिनोद भट्टचन र अनिल भट्टचनले यस ऐतिहासिक पर्वमा गाईने थकाली गित गाउदै समउदघाटन कार्यमा सहभागि जनाउनु भएको थियो ।
प्रमुख अतिथि खगेन्द्र भट्टचनले आफ्नो मन्तब्यको क्रममा धनुषबाण हानेर सिकार गर्ने पुख्यौली संस्कारको शुरुआत संगै बर्तमान परिस्थितिमा एउटा राष्ट्रिय खेलको रुपमा परिणत भएको यस खेल हामि थकालीको चिनारि हो र  सात समुद्रपारि जापानमा आफुलाई आमन्त्रण गरि आफ्नो संस्कृतिलाई निरन्तरता दिने यस्तो महान कार्यमा सहभागि, संलग्नता एवं एकबद्धता जनाउन पाउदा ज्यादै हर्षित भएको बिचार पनि प्रकट गर्नु भएको थियो । साथै, नेपाल अधिराज्य भरिका थसेस तथा विदेशमा क्रियाशील थसेस मध्ये विशेष गरेर थसेस जापानको गतिबिधिहरुको बारेमा चर्चा गर्नुहुदै आउदो १२ औं अधिवेशनमा अझै बृहत रुपमा थकालीहरुको बारेमा धेरै कुरा बताउने कुराको पनि अबगत गराउनु भएको थियो ।
त्यसैगरि अन्य वक्ताहरुमा, आफ्नो ब्यक्तिगत जापान भ्रमणमा रहनु भएका थसेस काठमाण्डौं क्षेत्रका पुर्व सल्लाहाकार रित्नु शेरचन, संयोजक र सहसंयोजक क्रमश: हेमन्त कुमार शेरचन, राज कुमार शेरचनले पनि आफ्नो भनाई राख्नु भएको थियो ।
 
त्यसैगरि कार्यक्रमका सभापति तथा अध्यक्ष शरद कुमार गौचनले हाम्रो आफ्नो मौलिक संस्कारलाई जगेर्ना र संरक्षण गर्ने मुल उदेश्य तथा कर्तब्य भएको परिपेक्ष्यमा यस धनुषखेल प्रतियोगिता पनि त्यसमध्येको एक पाटो भएको बताउनुहुदै सहभागि सम्पुर्ण महानुभावहरुलाई भरिपुर मनोरञ्जन लिन र स्वच्छ प्रतिस्प्रधा गर्न अनुरोध पनि गर्नु भएको थियो ।
त्यस पश्चात धनुष खेल प्रतियोगितामा भाग लिनु भएका चारचनका धाँपन (टिम क्याप्टेन) क्रमश: बुद्धि गौचन, गोविन्द तुलाचन, राज कुमार शेरचन र अनिल भट्टचन सहितका सहभागि खेलाडिहरुलाई महिलाले शुभकामना बधाई पुजा (केल्च्याङ) गरि  प्रतियोगिताको शुरुआत गर्न लगाईएको थियो । उत्त प्रतियोगितामा प्रत्येक चनको टिमबाट ५,५ जना खेलाडि दर्ता सहित २० जना खेलाडि सहभागि बिच पहिलो चरणको प्रतिस्प्रधामा शेरचन टिमले १७ पोईन्ट, भट्टचन टिमले १० पोईन्ट, गौचन टिमले ८ पोईन्ट र तुलाचन टिमले ७ पोइन्ट हासिल गर्दै क्रमश: प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो भने शेरचन टिमका खेलाडि गिरि शेरचन सर्वोकृष्ट (खोल) स्कोएर प्राप्त गर्नु भएको थियो ।
थकालीहरुको तोरन्ल्ह पर्वमा गरिने चलन बमोजिम बिजयी तथा उत्कृष्ठ शेरचन टिमका खेलाडि गिरि शेरचनलाई कन्या महिला चेलिहरुद्धारा शुभकामना (केल्च्याङ) अविरयात्रा गर्दै बधाई ज्ञापन गरिएको थियो भने खेलाडिले त्यसको बदलामा महिला चेलीहरुलाई भेटि स्वरुप दानदक्षिणा प्रदान गर्ने कार्य समेत सम्पन्न गर्दा यदाकदा नेपालमै भएको झझल्को दर्साएको थियो ।
दोस्रो चरण, तेस्रो चरण वा चौठो चरण गर्दै ३ दर्जन बढि खेलाडिहरुले पालैपालो धणुषखेल प्रतियोगितामा स्वच्छ प्रतिस्प्रधाका साथ सौहार्दपुर्ण बातावरण भरिपुर मनोरञ्जन सहित सहभागि जनाएको दृष्य अति नै रोचक र लोभ लाग्दो थियो ।
शुरुआत देखी नै सम्पुर्ण कार्यक्रमलाई अति नै ब्यबस्थितका साथ संचालन गर्दै उपाध्यक्ष अनिल भट्टचन तथा अर्का उपाध्यक्ष दिपक गौचनले थकालीहरुको एकमात्र महान चाड तोरन्ल्हको बारेमा ज्यादै सरल भाषामा तोरन्ल्ह पर्वको महत्वको बारेमा समेत स्पष्ट पार्नु हुदै कार्यक्रमको अन्तमा समितिका अध्यक्षले सम्पुर्ण उपस्थिति तथा सहयोगी बन्धुहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
 
स्मरण रहोस, यस कार्यक्रममा थसेस जापानले जापानमा पहिलो पटक बिशेष थकालीहरुको उत्कृष्ठ परिकारहरु सहित सिङ्गो खशिको ताजा मासु सँगै आफ्नो बिशिष्ट परिकार टुंङ्ग, काटुङ्ग (आन्द्रा भित्र रगत र पिठोले भरिएको एक प्रकारको ससेज्)  र भरिपुर खानपिनको समेत ब्यबस्थापन गरेको थियो ।
 

 





 












 

No comments: