Monday, April 28, 2008

Sopping Mall in Anahaim

एस.के, सप्पिंग मल् अगाडी
जापानी मित्र केन्टो
खाना बनाउदाको एक झलक
लन्चको सेट लिदै (मंगोलियन खाना) जापानी मित्र
एस.के,लन्चको सेट लिदै (मंगोलियन खाना)

सरद डायरी । आइतबार, बैसाख १५, २०६५

आज एकजना जापानीज़ मित्र संग दाउनताउन जाने सल्लाह भएअनुसार १० बजे भेट भयौ । अनी ट्रेन स्टेशन तीर बस चढी लागियो । केही मिनट मै स्टेशन मा पुगेपनी दाउनताउन जाने ट्रेन को समय हेरेको त ढेड घंटा पछी मात्र अर्को ट्रेन आउने रहेछ । एकैछिन सोचेर दाउनताउन नजाने सल्लाह भयो किनभने फर्किदा त राती हुने जस्तो लाग्यौ ।
अनी फेरी बस चढेर फ़र्कियौ आनाहेमको सप्पिंग मल् जानको लागी । म्याप हेर्दै लागियो फेरी अर्को बस चढेर सप्पिंग मल तीर ।
करिब पौने घंतामा पुगियो र एकैछिन घूमघाम गरी भोक लागेको ले खाना खाने कुरा भयो तर कुन खाना खाने भन्ने कुरा सोच्न निकै समय लाग्यो , ३,४ राउन्ड लगाएपछि एउटा रमाइलो रेस्टुरेंट मा पस्यौ । जून मग्गोलियन रेस्टुरेंट रहेछ । पहिलेनै पेमेंट गरेपछि खाली भादो दिनेरहेछन । अनी सागसब्जी,मासु, अनी नून, खुरसानी, सस् हरु पनि आफैले अडकेलेर झिकेर दिएपछि हाम्रै अगाड़ी पकायर तयार गरी दिने रहेछन । खाना पाकेपछि खान लागियो । अली अली झिक्दा पनि निकै धेरै भयको रहेछ । जे होस जसो तसो खाइसकेपछि फर्कियो देरातिर ।

No comments: