Sunday, June 1, 2008

San Diego Beach

अनौठो सेतो हास जस्तो चरा (मान्छेसंग नडराउदो रहेछ)
मित्रसंगको एक झलक
हाम्रो चारपाग्रे हितैषी संगको एक झलकएस,के, को सान्डियगो बिचमा एकल फोटो
मित्रहरु संग बिचबाटोमा खिचेको फोटो

सरद डायरी ।  शनिबार, जेष्ठ १८, २०६५

सान्डिएगो भन्ने शहर क्यालिफोर्नियाको एक प्रमुख शहर हो । जहा एकदमै राम्रो समुन्द्र र बिश्वकै सबभन्दा ठुलो चिदियाखाना पनि यसै ठाउमा पर्दछ ।
यहि सान्डिएगो शहरमा मित्रले हामिलाई घुम्न जाने प्रस्ताव राख्नु भएकोले बिहानै जम्मा भईयो ।
म लगायत सबैगरि जम्मा ५ जना मित्रहरु खाना खाईवरि तुरुन्तै लागियो गन्तब्य तिर ।
मोटर फ्रिवयमा करिब साधे दुई घण्टा कुदाएपछी समुन्द्रमा पुगियो । समुन्द्र यस्तो सफा र रमणिय स्थल थियो । त्यसैमाथी पनी एकदमै राम्रो दिन गरेकोले समुन्द्रको टाढा टाढा सम्म देख्न सकिन्थ्यो । कोहि पौडी खेलेका,कोहि बोटमा चढेका, भने कोहि स्कुबर डाईभिन्ग गरेको छलङ्ग देख्न सकिन्थ्यो ।
हामिहरु पनी करिब डेढ दुई घण्टा त्यहाकै बातावरणमा रमाउदै फोटो पनि खिचियो ।
अनि मित्रको मित्र यो एरिया बस्नुहुने रहेछ , उहाको मा जाने कुरा भएबमोजिम सम्पर्क गर्दा उहाले आउन भन्नुभएकोले करिब आदि घण्टा गाडी कुदाएपछी उहाको मा पुगियो ।
उहा २ बर्ष अगाडी सान्डीयगोमा सर्नु भएको र हाल नेपाल देखी बुवा,मुवा र दिदि पनि घुम्न आउनु भएको रहेछ । सबैजना संग चिनापर्ची र गफगाफ गर्दै चिया,बिस्कुट खाईयो ।
अनि हामि फर्किने भनेर उठन लागेको त कहा फर्किन दिने हो, मम खाएर जानुपर्छ भन्ने प्रस्तावले गर्दा मम खाईवोरि डेरामा फर्किदा त रातीको १२ बजिसकेको रहेछ ।

No comments: