Wednesday, April 1, 2009

आज अप्रैल १ (अप्रैल फुल) को दिन

सरद दायरि । बुधबार, चैत्र १८, २०६५
मलाई आज मित्रले फोनमा झुक्यापछि मात्र थाहा पाए आज अप्रैलफुल अर्थात झुठो बोलेर रमाईलो मनाउने दिन भनेर । प्रत्येक बर्षको अप्रैल १ मा झुक्याईसकेपछि अर्को बर्ष त झुक्किन्न भनेपनी १ बर्षको अन्तरालमा फेरि मर्लक्कै भुल्दो रहेछु ।
जेहोस मलाई हल्काफुल्का कुरा गरि ढाटेर मुर्ख बनाईएता पनि कहिले काहि भने निकै ठुलो कुरा गरि झुक्याईने पनि गरिन्छ । यदि तपाईहरुले यस्तो अनुभव गर्नुभएको छैन भने, सतर्क हुनुहोस है तपाईहरु पनि झुक्किनुहोला मज्जासंग ।
बिशेष गरेर अमेरिका,युरोप तिर अप्रैल १ को दिनमा छरछिमेकी,ईस्टमित्र वा साथिसंगीनिहरुलाई झुठो कुरा गरेर मु्र्ख बनाई रमाईलो गर्ने चलन छ । हालमा नेपालपनि जवान युवायुवतीहरुले यो चलन निकै चल्तिमा ल्याएका छन ।

No comments: