



सरद डायरि । आईतबार, बैशाख ६, २०६६
थकाली सेवा समिती (थसेस) जापानले ढिलै गरेर भएपनि थकालीहरुको महान पर्ब तोरन्ल्ह (फागुपुर्णिमा) र नेपाली नया बर्षको उपलक्ष्यमा १८आौ सभा तथा रात्रीभोज सहित बिबिध रमाईलो कार्यक्रम टोक्यो स्थित एक रेष्टुरेन्टमा भब्यताका साथ मनाएका छन् । प्रत्येक बर्ष सम्पन्न गर्दै आएको शुभकामना सांझ नामक सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम(सम्पुर्ण नेपालीहरुको निमित्त) र तोरन्ल्ह पर्ब एकै समयमै पर्ने भएकोले पनि शुभकामना सांझ सम्पन्न गरि सकेपछिको लगत्तैको हप्तामा थकाली परिवारहरु बिचमा यो कार्यक्रम गर्दै आएको छ ।
आजको उत्त यो कार्यक्रममा, संरक्षक डा.योगेन तुलाचनले ब्यानर खोल्दै, पानसमा बत्ति बालेर उटघाटन गर्दै टोस्ट प्रस्ताब राखेर कार्यक्रमको शुरूआत गर्नु भएको थियो । उत्त अबसरमा डा. तुलाचनले मन्त्यब्य दिने क्रममा थसेस जापान,जापानमा सबभन्दा पुरानो जातिय समाज र लामो ईतिहास बोकेको संस्था भएकोले पनि हामि सबैले गर्ब गर्न पाएको र अझै संगठित भई सशत्त रुपले अगाडि बढन सबैको कर्तब्य पनि भएको कुरा बताउनु भयो । त्यसैगरि थसेस जापानकै सल्लाहाकारद्धयहरु कृष्ण गौचन(भुपु अध्यक्ष), सरद कुमार गौचन र आमन्त्रित सदस्यको तर्फबाट अनिल तुलाचन ले शुभकामना मन्त्यब्य सहित थसेस जापानको बिषयमा आ-आफ्नो धारणा राख्नु भएको थियो भने स्वागत मन्त्यब्य सह-कोषाध्यक्ष दिपक गौचन,बार्षिक आयब्यय बिबरण कोषाध्यक्ष बुद्धी गौचन र बार्षिक कार्यक्रमको बिषयमा बिस्तृत बिवरण सहित महा-सचिब अनिल भट्टचनले पेश गर्नु भएको थियो ।
रात्रिभोज अगाडि नेपाली,हिन्दि र रिमिक्सका गित लगाएर संगित संयोजन र उदघोषकको कार्य सचिब राजु शेरचनले सम्पन्न गर्दै प्रत्येक सदस्यलाई जुरुक्क,जुरुक्क उठाएर नचाउन बाध्य बनाएका थिए। रात्रीभोज पछि पनि जम्नु जमेको उत्त कार्यक्रमको अन्तमा अध्यक्ष ध्रुब भट्टचनले सभा बिसर्जन गर्दै कार्यक्रम समाप्त गर्नुभएको थियो ।
No comments:
Post a Comment