Thursday, April 23, 2009

बिदाई कार्यक्रम सम्पन्न ।

पार्टि पुर्ब साथीहरुलाई पर्खिदै गर्दाको झलक
काठको झिरमा रोपेर पोलेको मासुसंग(जापानि परिकार) रमाउदै

गफगाफमा मस्ती हुदाको झलक
ठट्यौलि गफगाफ रमाउदै आफन्तजनहरु

सामुहिक फोटोमा सबैले एक्सन लिदै


सरद डायरि । बिहिबार, बैशाख १०, २०६६

भोली नेपाल फर्किनलाग्नु भएको मेरो आफन्तको निमित्त आज बेलुका रात्रीभोज सहित बिदाई गर्ने कार्यक्रम थियो । वुईक डेमा पर्ने र सबैको काम पनि भएकोले बेलुका ११,१२ बजे तिर भेटेर बिहान सम्म बस्ने सल्लाह भएको थियो ।
मेरो हातेफोन काटिएको भएपनि मैले भने पत्तो पाएको थिईन । मलाई मेरो घरमा मित्रहरु र आफन्तजनहरुले टेलिफोन गरि जानाकारि गराए पछि मात्र यसो चेक गरेको त बल्ल थाहा पाए । कारण, केहि महिना अघी म नया कोठामा सरेको थिए, तर बिल चाहि पुरानै कोठामा आएर हुलाक मै फिर्ता भएको रहेछ । त्यसकारण बिल भुत्तानी गर्न ढिला भएकोले हाते फोनको लाईन काटीदिईसकेको रहेछ ।
जेहोस आजको बिदाई कार्यक्रमको लागि मेरो घरमा आएको फोनले पो सबै जम्मा भईसकेको र मलाई पनि तुरुन्तै आउन जानाकारि गराईयो ।
तुरुन्तै कोठाबाट निक्लिएर लागे वाटामि भन्ने रक्सि पिउने जापानी भट्टितिर ।
करिब १५ मिनेट पछि पुगे पनि समय भने १२ बजे अघि नै थियो । म भन्दा पनि ढिला आउने साथीहरु पनि हुनुहुदो रहेछ । करिब पौने १ बजे तिर भन्ने सबैजना जम्मा भईयो र टोस्ट गरि बिदाई पार्टि सुरु गरियो । बिदाई कार्यक्रम भएपनि सबैजना निकै धेरै अन्तरालमा भेटेकोले गर्दा होला सबैजना निकै रमाईलो साथ खादै,पिउदै रमाईलो गरियो, बिस्तारै निन्द्राले झमझम पार्नलागेपछि पो यसो घडि हेरेको त साढे दुई भईसकेको रहेँछ । अधिकांस साथीहरुको भने छुट्टि रहेछ तर आफ्नो भने फेरि भोली पनि काम भएकोले नेपाली फर्किनुहुने आफन्तलाई बिशेष बिदाई गर्दै अन्य सबैसंग पनि बिदाबाजि गरि ट्याक्सि समाति लागियो डेरातिर ।

No comments: