Monday, April 6, 2009

हानामि (पुष्पवलोकन)

साकुराको अबलोकन गर्दै
आ-आफ्नो एक्सनमा
सामुहिक फोटो
साकुरा हेर्नै हुलको बिचमा
साकुराको बोटटिर रमन लगाउदै


सरद डायरि । आईतबार, चैत्र २२, २०६५

जापानमा प्रत्येक बर्ष, मार्चको अन्तिम हप्ता देखी अप्रैलको दोस्रो हप्ता सम्म करिब २ हप्ता साकुरा(पैयुको फुल) पुष्पवलोकन (हानामि) गर्ने पर्बको रुपमा मनाईने गरिन्छ । साकुराको बोटमुनि वा छेउछाउमा बसि खानपिन र रमाईलो गर्दै फुल हेर्नेको रुपमा मनाईने यो पर्ब छोटो अबधिमा सकिने भएपनि जापानिहरुको लागि अत्यन्तै महत्वपुर्ण पर्ब मानिन्छ ।
यो बर्षको अति उत्तम मानिएको दिन आज उएनो मा हामिहरु पनि साकुराको फुल हेर्न तर्जुमा मिलाएका थियौं । खानेकुराहरु पनि कोठाबाटै बनाएर लगि ५,७ जना जम्मा हुने भने पनि निर्धारित समय भन्दा १,२ घण्टा नै ढिलो गरि १२,१५ जना नै जम्मा भईयो ।
नेपालीहरुको बानि,जहा गएपनि नजानि भनेजस्तै जम्मा हुन पनि ढिलो त्यसैमाथी अनुमान भन्दा धेरै जम्मा भईएकोले बस्ने सिट लगायत पेय पर्दाथ,खानेकुरा पनि फेरि किनेर ल्याउनु परेपनि खुबै रमाईलोको साथ कार्यक्रम भने सम्पन्न गरियो ।

No comments: