Sunday, April 12, 2009

२ वटा बैठक सम्पन्न गर्दा ।


सरद डायरि । आईतबार, चैत्र ३०, २०६५
जनजाति महासंघको करिब २ महिना पछिको मिटिङ्गमा मैले पनि सहभागिता जनाएको थिए । बिबिध कुरामा छलफल र केहि बिषयमा कार्यक्रम गर्नेतय भयो ।
उत्त मिटिंङ्गमा मेरो आफ्नै मान्छेको बिषयमा उजुरि गर्न एकजना नेपाली आएको हुनाले म चकित परे । तर उत्त नेपालीको कुरा त्यति प्रत्यार जनक थिएन । जेहोस दुबैजनालाई राखि उत्त कुरा पुन एकचोटि छलफल गर्ने कुरा गरि टुग्याईयो ।

यस बर्षमा मनाईन लागिएको हिबिया पार्कमा मनाईने नेपाल फेस्टिबलको (चौठो)आयोजक कमिटिको पनि आजै मिटिंङ्ग राखिएको रहेछ र केहि साथिहरुले जाउ भन्नु भएकोले लागियो उत्त मिटिंङ्गमा पनि । हुन त यस कार्यक्रमको पहिलो र दोस्रो पटक सम्पन्न गर्दा म स्टेज प्रोग्राममा सम्मिलित भएको नाताले पनि कसरि गर्न लागिएको छ भन्ने उत्सुकता त जाग्ने नै भयो । हामिहरु उत्त बैठकमा उपस्थित हुदा सबै साथिहरु हर्षित हुनका साथै हामिलाई पनि सहयोग गर्न र आयोजक कमिटीमा बस्न अनुरोध गरिएको हुनाले म पनि उत्त कमिटीमा बस्ने निर्णय गरे । साथै मेरो कामको भाग चाही स्टेज ब्यबस्थापनमा राखीयो ।

जेहोस, सबै साथिहरुको आ-आफ्नो सोचाई र बिभिन्न नया कुराहरुमा पनि छलफल भई फेरि अर्को महिनामा मिटिङ्ग बस्ने गरि सबैसंग बिदाबाजि भई लागे डेरा तिर ।
आज २ वटा मिटिंङ्ग भ्याएको कारणले एकदिन त तेत्तिकै सकियो । हामि नेपालीहरुको मिटिंङ्ग भनेपछी चानचुने समयले नभ्याउने, भेटनै गारो भेटेपछि छुट्टिनै मुस्किल नि ।

No comments: