Sunday, April 26, 2009

आज टोक्योको दुतावासमा लोकतन्त्र दिवस मनाईयो ।


राजदुत डा.गणेश योञ्जन तामाङ्गज्युले मन्त्यब्य दिेदै एस.के मित्रहरुसंग फोटो खिचाउदै
नेपाली महिला दिदिबहिनिहरु साँडिमा सजिएको एक झलक
राजदुत डा.तामाङ्गज्युले टोष्टको प्रस्ताव राख्दै दाया,उपनियोग दुर्गा बहादुर सुबेदि बाया,मिसेस योञ्जन बिचमा
नंया ठाँउमा सरेको टोक्यो स्थित नेपाली दुतावासको बाहिरिको भाग




सरद डायरि । आईतबार, बैशाख १३, २०६६

टोक्यो स्थित नेपाली राजदुतावास द्धारा आयोजित लोकतन्त्र दिवस, आज भब्यताका साथ मनाईयो । ४ दिन अघि मात्र सरेको नया राजदुतावासको सभाकक्षहलमा हलुका भोज सहित जापानी र नेपाली बिच सम्पन्न भएको थियो ।
उपनियोग दुर्गा बहादुर सुबेदिज्युबाट संचालन उत्त कार्यक्रम राष्ट्रिय गित बाट सुरु गरिएको थियो । महामहिम राजदुत डा. गणेश योञ्जन तामाङ्गज्युले टोष्टको प्रस्ताब राख्दै लोकतन्त्र दिवसको बिषयमा प्रकाश पार्नु भएको थियो । सोहि अबसरमा जापानी टेलीभिजन ऐनएचकेको छायाङ्कन पनि भएकोले डा. तामाड्गको मन्त्यब्य जापानी भाषामा बढो कुशलताका साथ जिज्ञान थापाले अनुवाद गर्नु भएको थियो ।
नेपाली र जापानी गरि करिब ५० भन्दा बढि उपस्थिति रहेको उत्त कार्यक्रम दिउसोको साढे तिन देखि सुरु भई बेलुकाको पाच बजे समाप्त भएको थियो ।

No comments: