Saturday, April 11, 2009

हत्तेरिका, सक् मा परे नि ।।।

संगै खानपिन गर्दैको एक झलक
मलाई बाजे भन्ने मैया संगको फोटो


सरद डायरि । शुक्रबार, चैत्र २८, २०६५

मेरो एकजना भाईले कम्युटर सेठ (ईमेल,ईन्टरनेट) लगायत अन्य हरहिसाब पनि गर्न पर्ने भएकोले बोलाएको हुनाले काम सकिन बित्तिकै लागे उनको कोठातिर । यो भन्दा पहिला पनि १,२ पटक गएको भएपनि आज मैले उनको घरमा जाने ट्रेन चढ्न नै बिराएछु । उनको कोठामा जाने बाटोमा एक्सप्रेस ट्रेन पनि चल्ने भएकोले बिचको स्टेशनको निश्चित ठाउमा ट्रेन फेरेन भने सिधै ५,७ स्टेशन अगाडि अर्कै स्टेशन तिर पुर्याउदो रहेछ ।
जेहोस जसोतसो केहि समय ढिला गरि भएपनि पुगे । भाईको श्रीमतीले बिभिन्न परिकार बनाएर मलाई पर्खिनु भएको रहेछ । पहिला हल्का खाईपिईओरि सबै कम्युटरको सेठ गर्ने काम पनि सकि साधारण कम्युटर सम्बन्धीको बिषयमा कलास लिए । उनिहरुले पहिलो पटक कम्युटर किनेको र निम्नतम कुरोको पनि ज्ञान नभएको कुरा सुनाउदै फेरि अर्को पटक पनि आउन निम्तो दिए ।
भाईको सानि छोरि पहिला निकै लजाएपनि एकैछिन पछि बानि पर्दै गएपछि म संग खेल्न र गफगाफ गर्न निकै उत्सुकता देखाईन । म संग भेट भएदेखी फर्किदा सम्मै खेल्ने र गफगाफ गर्दै, प्रत्येक पटक बाजे (ओजिईसान) भन्दै बोलाउदा भने म झंसङ्ग भए । पहिलो पटक मलाई महशुष भयो कि आफ्नो पनि उमेर ढल्केछ भन्दै एकैछिन आसर्य चकित परे ।

No comments: