Monday, March 19, 2012

२१ औं शुभकामना साँझका कलाकारहरुको बिदाई समारोह
















सरद डायरि । मंगलबार, चैत्र ७, २०६८
थकाली सेवा समिति जापानद्धारा आयोजना गरिएको शुभकामना साँझका लागि आमन्त्रित चर्चित कलाकाहरु मेरि बास्सैका जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल आज स्वदेश तर्फ प्रस्थान गरेका छन् । उनिहरुलाई नारिता विमानस्थलमा आयोजक संस्थाका अध्यक्ष, शरद कुमार गौचनले विदाई गरेका हुन ।
कलाकारहरुलाई गएराति आयोजक संस्था थसेस जापानले एक समारोहका बिच बिदाई गरेको थियो । टोक्यो हातानोदाई स्थित स्माईल रेष्टुरेन्टमा मैत्रिपुर्ण रात्रिभोज सहित कलाकारहरुलाई बिदाई गरिएको हो । सो अबसरमा आयोजक सँस्थाका अध्यक्ष शरद कुमार गौचन लगायत पदाधिकारिहरुले खादार्पण गरि उनिहरुलाई बिदाई गरिएको थियो । उनीहरुलाई कार्यक्रम संयोजक राजु शेरचनले हार्दिक धन्यबाद सहित प्रशंसा पत्र प्रदान गरेका थिए ।
कलाकारहरुले पनि मन्तब्य सहित आ-आफ्नो प्रतिभा मनोरन्जन प्रदान गरेका थिए ।
यसअघि कलाकारहरु धुर्मुस (सिताराम कट्टेल), सुन्तली (कुन्जना घिमिरे) पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल समुद्रपारि डटकम्, नेपली सामाचार र नेपाल जापान डटकम् लगायतका जापानका नेपाली मेडियासंगको भेटघाट र कुराकानीमा ब्यस्त रहेका थिए ।
कलाकारहरुले गत आईतबार मेगुरो कुमिन सेन्टरमा आयोजित २१ औं शुभकामना साँझमा उत्कृष्ट साँगीतिक प्रस्तुती गरेका थिए । जसलाई जापानका नेपाली दर्शकहरुले निकै मन पराएका थिए ।
कलाकारहरु हङकङ हुदै आजै राती १० बजे नेपाल पुग्ने कार्यक्रम रहेको थसेस श्रोतले जनाएको छ ।







बिभिन्न मेडियाबाट प्रकाशन समाचार जस्ताको तस्तै तलतिर....

नेपालजापान डटकम्
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38322
http://www.nepaljapan.com/news_galary.php?id=38322

समुद्रपारि डटकम्
http://samudrapari.com/2012032017146.html

टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/03/20/56853.html

No comments: