Sunday, March 18, 2012

२१ औं शुभकामना साँझ भब्यताका साथ सम्पन्न
















 



















सरद डायरि । आईतबार, चैत्र ५, २०६८
थकाली सेवा समिति जापानले टोक्योमा आयोजना गरेको २१ औं शुभकामना साँझ कार्यक्रममा नेपाल देखी आएका मेरि बास्सै टेलिश्रृखलाका चर्चित हास्य कलाकार उनै जोडि सिताराम कट्टेल "धुर्मुस" र कुन्जना घिमिरे "सुन्तली" ले जापानका दर्शकहरुलाई पेट मिचिमिचि हसाए । पप् गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेलले पनि आ-आफ्नो दर्जनौं चर्चित गितहरु पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सफल भए ।
थकाली सेवा समिति जापानले फागु पुर्णिमा एवं लुम्बिनी भ्रमण बर्ष २०१२ को अबसरमा आयोजित २१ औं शुभकामना साँझ कार्यक्रममा चार चर्चित कलाकारहरुलाई आमन्त्रीत गरेको थियो । मेरि बास्सैका जोडिद्धय धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुती मार्फत सत्ता चलाउन र भत्ता पचाउन शान्ति र संबिधान निर्माणका लागि नेताहरुले म्याद थप्दै ढिलाई गरेको सत्यतालाई ब्यङ्गात्मक शैलीमा दर्शक सामु उतारे । जसका कारण देशमा उत्पन्न बेरोजगारि समस्या, महंगी तथा अभावका कारणले गर्दा लाखौं नेपाली युवाहरु बिदेशीनु परेको यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरे । हाम्रो समाजमा बढदै गएको बिसंगति र बिकृतिलाई पनि आफ्नो प्रस्तुति मार्फत प्रहार गरे । यसैगरि कार्यक्रममा सुन्तलीको एकल नृत्य पनि अर्को आर्कर्षण बन्न सफल भयो भने धुर्मुसले एमाले नेता केपी ओलीको क्यारिकेचर मार्फत दर्शकहरुलाई हसाउनु हसाए । सो कार्यक्रममा चर्चित गायक प्रमोद खरेलले मेरो देश प्यारो नेपाल, याद आउनलाई पनि, म विना कसै कसैलाई, आमा म सपना बुन्दैछु प्रदेशमा, उसले जति माय तिमलाई, डुबायो पापी मायाले लगायतका दर्जनौ चर्चित तथा मार्मिक गितहरु गाएर दर्शकहरुलाई कहिले भावुक बनाए त कहिले नचाए । अर्का पप् गायक धिरज राईले सोई धोले सोई, त्रिरा नयन, वन साईडेड लभ, मुसुमुसु, मया छ है, गर्लफ्रेन्ड जस्ता दर्जनौ चर्चित गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
कार्यक्रममा सामुहिक राष्ट्रिय गानबाट शुरु भएको थियो । थकाली भेषभुषामा सजिएका युवतीहरुले थकाली नृत्य गरेका थिए साथै गैरी खेतको सिरै हान्यो भन्ने गीतमा अपेक्षा लिम्वु र मखमली चोली चाहिदैन भन्ने गीतमा संजिमा शेरचनको नृत्यलाई दर्शकले मन पराए ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराई, बिशेष अतिथि एनआरएन आईसिसिका कोषाध्यक्ष भवन भट्ट र  थसेसका संरक्षक डा. योगेन तुलाचनले थकालीहरुको परम्परागत खेल धनुषबाण हानेर शुभकामना साँझको सयुक्त रुपमा उदघाटन गरेका थिए ।
संस्थाका महा-सचिब अनिल भट्टचनको सञ्चालक र सह-कोषाध्यक्ष दिपक गौचनको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङले थकाली जातिका चार देवताको पुजा अर्चना गरेका थिए । साथै कार्यक्रम संयोजक राजु शेरचनले कार्यक्रमका प्रायोजकहरुलाई प्रमाणपत्र र खादार्पण गरेका थिए ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शरद कुमार गौचनले बिदेशमा भएरपनि आफ्नो भाषा संस्कृति परम्परालाई जगेर्ना गर्न र बिदेशमा आफ्नो देशको चिनारीलाई बढाउन एवं पर्यटन प्रवद्धनमा टेवा पुर्याउनका लागि हरेक बर्ष थकालीहरुको महान चाड फागु पुर्णीमाको अबसरमा सांगितिक कार्यक्रम सहित शुभकामना साँझ आयोजना गर्दै आएको बताए । साथै कार्यक्रमका लागि बिभिन्न ढंगबाट सहयोग पुर्याउनुहुने प्रायोजक, मिडियाकर्मि, सहयोगी सबैलाई धन्यबाद ब्यक्त गरे । लुम्बिनी भ्रमण बर्ष सन्दर्भमा यस कार्यक्रम मार्फत थोरै भएपनि मुलुकको सन्देश दिन सकियोस् भन्ने उदेश्य रहेको गौचनले स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि राजदुत डा. मदन कुमार भट्टराईले हलबाट बाहिर निस्कदै गर्दा, जापानको ब्यस्त समयका बावजुद पनि थसेसले यति मेहनतका साथ आफ्नो कला संस्कृतिका लागि देखाएको चासो प्रति आफु एकदम प्रभावित भएको ब्यक्त गरे । सांगीतिक चरणमा भने सह-संयोजक सन्तोषी गौचन र सह-कोषाध्यक्ष  दिपक गौचनले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा जापानको ब्यस्तताका बाबजुद पनि दर्शहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




नेपाल जापान डटकम् (उटघाटन समारोहको फोटो फिचर)

नेपाल जापान डटकम् (कार्यक्रमको फोटो फिचर)

वुईलभ नेपाल डटकम

वुईलभ नेपाल डटकम् (समाचार)

वुईलभ नेपाल डटकम् (फोटो एवं समाचार)

टोक्यो नेपाल डटकम् (फोटो फिचर सहित समाचार)

No comments: