Tuesday, March 27, 2012

दुताबासको आयोजनामा एनआरएनएका अध्यक्षसंग डिनर रिसेप्सन



सरद डायरि । मंगलबार, चैत्र १४, २०६८
गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष जिवा लामिछानेको स्वागतमा जापान स्थित नेपाली राजदुताबास एवं महामहिम डा. मदन कुमार भट्टराई ज्युले आज एक डिनर रिसेप्सन कार्यक्रम आयोजना गर्नु भएको थियो ।
उत्त कार्यक्रममा एनआरएन जापानको प्रवक्ताको नाताले म हजुरलाई पनि निमन्त्रणा आएकोले सरिक हुने अबसर पाएको थिए ।
एनआरएन आईसीसी अध्यक्ष लामिछानेले बिदेशमा बसोबास गर्ने ६० लाख बढि एनआरएनहरुको  नेपालमा सामुहिक लगानि गराउने लक्ष्य अनुसार, सामुहिक लगानि अभियान स्वरुप यस प्रोजेक्टको रुपमा  बर्तमान तयारि गतिबिधि, सम्भाब्य लगानि क्षेत्र, कानुनि प्रावधान, प्रक्रियागत कार्य लगायतका बिषयमा बिभिन्न देशमा सु-सुचित गर्दै हिड्ने डौडानमा हुनुहुन्छ ।
"आर्थिक समृद्ध नेपाल" एनआरएनको एक मात्र चाहना भन्ने मुलमत्र सहित बिभिन्न देशहरुमा अन्तक्रिया सम्पन्न भईसकेको समाचारहरुमा पढ्न सकिन्छ ।
सोहि मुताबिक जापानमा मार्च २८ का दिन एनआरएन जापानको अग्रसरतामा जापानबासि नेपाली तथा जापानी बिच पहिलो पटक बृहत अन्तरकृया कार्यक्रम हुन गईरहेको हो ।
गैर-आवासीय नेपाली संघको स्थापना कालदेखि नै एनआरएन जापानले समग्रमा प्रमुख भुमिका निर्वाह गर्दै आएको छ ।
अध्यक्ष लामिछानेको नेतृत्वमा आएको यस सामुहिक लगानि अभियानमा जापानबासि नेपालीहरुबाट ५० करोड बढि लगानि गराउने लक्ष्य लिईएको भएता पनि भोलिको कार्यक्रम र आउने समयले नै उत्त लक्ष हासिल गर्ने नगर्ने आदि ईत्यार्दि छलङ्ग हुने नै छ ।

No comments: