Saturday, March 24, 2012

थसेस जापानको पहलमा नर्साङ् गोम्पा निर्माणको लागि आर्थिक संकलनको शुरुआत‏

सरद डायरि । शनिबार, चैत्र ११, २०६८
गत बर्ष मै सम्बन्धित निकायबाट थसेस जापानलाई निवेदन परेता पनि २१ औं शुभकामना साँझ एवं अन्य नेपालको तत्कालै गर्नुपर्ने कार्यले गर्दा थाति राखिएको नर्साङ गोम्पा जिर्नोद्धार एवं पुन निर्माण कार्यको लागि आवश्यक, आर्थिक सहयोग रकम संकलन गर्नुपर्ने कार्य योजनालाई आज देखि सबै जापानबासि नेपालीहरुलाई सु-सुचित गर्दै सक्दो सबैबाट आफ्नो गक्ष अनुसार रकम संकलन गर्ने कार्यको सुरुआत गरियो ।
शुभ-साईत संगै थसेस जापानका संरक्षक डा. योगेन तुलाचन ज्यु जो, स्थापना काल देखि निरन्तर २१ बर्ष पदिय दायित्व बहन गर्दै हाम्रो एकमात्र जापानका अभिभावक अत्यन्तै क्रियाशिल र हाम्रो खंम्बा हुनुहुन्छ, उहाबाट उदघाटन स्वरुप ३०, ००० (तिस हजार एन) आर्थिक सहयोग प्रदान गर्नुभयो ।
लगत्तै म लगायत मेरो सहयात्रि मित्र एवं भाईले पनि रकम बोल्दै देहाय बमोजिम को ब्यहोराको मेल सुचना सहित आज जारि गरे...


आम श्रद्धेय थकाली परिवारहरु, आदरणीय सल्लाहाकारज्युहरु तथा कार्यसमितिका सहयात्रि मित्रहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
२७ डिसेम्वर २०११ का दिन थसेस जापानको बैठकमा प्राप्त नर्साङ गोम्पा निर्माणको लागि आर्थिक सहयोग निवेदन बारे,
मलाई नेपाल जादा संम्बन्धित निकाय संग बुझेर मात्र निर्णय गरि टुंगो लगाउने जिम्मा दिईए अनुरुप,
गत जनवरिमा स्वयम म र महा-सचिब ज्युले नेपालमा उत्त ब्यबस्थापन एवं निर्माण समितिका अध्यक्ष सोमत भट्टचन ज्यु संग प्रत्यक्ष भेटेर मौखीक रुपमा बिस्तृत कुराकानी गरेका थियौं ।
औपचारिक रुपमा पुन सम्पुर्ण कागजात सहित नेपाल जापान सम्पर्क समिति मार्फत सो पत्र प्राप्त हुने निवेदन गर्दछु ।
साथै उत्त कार्यको लागि धेरै कामहरु सम्पन्न भईसके पनि अझै ठुलो धनरासीको आवश्यक रहेको बुझिएको र स्वदेश तथा बिदेश, थकाली वा गैर थकाली, बिभिन्न संघ संस्था, सरकारि निकायबाट समेत चन्दा संकलन भईरहेको अबस्था छ ।
थसेस जापानको पहलमा जापानबासि नेपालीहरुबाट पनि केहि रकम संकलन गर्न आवश्यक ठानिएकोले यहाहरु सबैलाई सो ईच्छा एवं गच्छेअनुसार यस पुण्य कार्यको लागि थकाली सेवा समिति जापान हार्दिक अनुरोध गर्दछ ।
 २१ औं शुभकामना साँझ सम्पन्न पश्चात हाम्रा संरक्षक डा. योगेन तुलाचन ज्युले हाम्रो संस्थाको गतिबिधि र कार्यब्यबस्थापन प्रति अति नै खुशी हुदै, धेरै सल्लाह, सुझाब र चासो देखाउदै छोटो समयमा २,३ पटक लन्च र डिनर बैठक भईसकेको अबगत गराउन चाहान्छु ।
खुशीको कुरा, संरक्षक पदको निरन्तरता र प्रत्येक बर्ष प्राप्त रकम पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको जानाकारि गराउन चाहान्छु ।
आज बेलुका उहा करिवन ३ हप्ताको लागि नेपाल प्रस्थान गर्नु हुने तय भएको जानाकारि गराउदै, उहाकै हातबाट यो संकलित सहयोग रकम हस्तान्तरण गर्ने ब्यबस्था मिलाईएको समेत अबगत गराउदै देहाय बमोजिम नाम र सहयोग रकम टिपाउन हुन बिनम्र अनुरोध छ ।
साथै, यो कार्यको लागि महा-सचिब ज्यु र कोषाध्यक्ष ज्युलाई जिम्मा दिईएको समेत अबगत गराउदै बिस्तृत जानाकारिको सहित रकम हस्तान्तरणको लागि अनिल ज्यु, बुद्धि ज्युलाई सम्पर्क गर्नहुन पनि निवेदन गर्दछु ।
हाम्रा संरक्षकसंग अस्ति डिनर बैठकमा बस्दा उहा स्वयमले स्वतफुर्त रुपमा तपसिल सहयोग रकम बोलेर कोषाध्यक्षलाई उत्त रकम हस्तान्तरण समेत गरि सकेको अबगत गराउन चाहान्छु ।
अन्तमा, सहयोग रकम उठाउने कार्य शुरुआत सहित जारि रहेकोले नरिझ्योव भगवानको पुण्य कार्यमा आफुलाई समर्पण गरि यस पवित्र अबसरमा आर्थिक सहयोग उपलब्ध गराउन हुन थसेस जापान विशेष हार्दिक अनुरोध गर्दछ । थसेस जापानबाटको आर्थिक सहयोग रकम भने अर्को बैठकमा निर्णय गरिने छ ।

नर्साङ गोम्पा संरक्षण,जिर्णोद्धार तथा निर्माण कार्यको लागि चन्दादाता नामावलि विवरण
सि.नं. नामावलि चन्दा रकम पद र आवद्ध संस्था
१) डा. योगेन तुलाचन ३०,००० एन संरक्षक, थसेस जापान
२) शरद कुमार गौचन १५,००० एन अध्यक्ष, थसेस जापान
३) बुद्धि गौचन १५,००० एन कोषाध्यक्ष, थसेस जापान
४)
५)
६)
७)
८)
९)
१०)
  



भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मार्च २४, २०१२ (शनिबार)
----------------------------------थकालीको पहिचान, हाम्रो अभियान-----------------------------

No comments: