Sunday, March 18, 2012

थसेस जापानको २१ औं शुभकामना साँझको लागि कलाकारहरु जापान आगमन ।

सरद डायरि । शनिबार, चैत्र ४, २०६८
हिजो २१ औं शुभकामना साँझको लागि नेपाल देखि ख्यातिप्राप्त कलाकारहरुको जापान आगमन पश्चात निम्न बमोजिम बिभिन्न मेडियाहरुले सुचना सु-सुचित गर्न सहयोग गर्नु भएको छ, जुन देहायबमोजिम जस्ताको तस्तै राखिएको छ , साथै लिन्कहरु पनि जस्ताको तस्तै तलतिर....













थकाली सेवा समाज जापानले आयोजना गरेको २१ औँ शुभकामना साँझमा सहभागि हुन मेरी बास्सैका चर्चित दुई कलाकारसहितको टोली टोक्यो आइपुगेको छ । आउँदो मार्च १८ तारिखमा थसेस जापानले आयोजना गरेको २१ औ शुभकामना साँझ तथा लुम्बिनी भ्रमण वर्ष २०१२ को उपलक्ष्यमा आयोजना गरेको होली धमाका कार्यक्रममा सहभागि हुन हाँस्य कलाकार तथा गायककारहरु टोक्यो आएका हुन् ।

टोलीमा मेरी बास्सैका चर्चित हाँस्य कलाकारहरु सिताराम कट्टेल धुमुर्स, कुञ्जना घिमिरे सुन्तली, तथा गायकहरु चर्चित आधुनिक गायक प्रमोद खरेल र पक गायक धिरज राई होली धमाका कार्यक्रममा सहभागी हुन जापान आइपुगेका हुन् । कलाकारहरुलाई स्वागत गर्न आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचन र कोषाध्यक्ष वुद्धि गौचन दिउँसो तीन बजे टोक्यो विमानस्थल पुगेका थिए ।
थकाली जातिहरुको महान पर्व फागुपूणिर्मा तोरन्ल्हको अवसरमा हरेक वर्ष थसेस जापानले यसवर्ष पनि त्यसै अभियानलाई निरन्तरता दिएको हो । कार्यक्रम टोक्योस्थित मेगुरो कुमिन सेन्टरमा हुने आयोजकले जनाएको छ ।
शुक्रबार बेलुका आयोजकको तर्फबाट हातानोदाईस्थित देवि रेष्टुरेन्टमा कलाकारहरुलाई स्वागत कार्यक्रम पनि सम्पन्न गरियो । अध्यक्ष तथा कार्यक्रम संयोजक राजु शेरचनले खादार्पण गरि स्वागत गरिएको आयोजकले बताएका छन् ।

http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=38274

http://www.nepaljapan.com/news_galary.php?id=1331918359

http://samudrapari.com/2012031816853.html

http://samudrapari.com/2012031616662.html

http://www.tokyonepal.com/2012/03/16/56524.html

http://www.welovenepal.com/?p=39641

No comments: