Sunday, April 15, 2012

शरद कुमार गौचनको नेतृत्व चयन गर्दै थसेस जापानको २१ औं साधारण सभा सम्पन्न

सरद डायरि । आईतबार, बैशाख ३, २०६९
थसेस जापानको नब-निर्वाचित कार्यसमिति (२०१२-२०१४)
अध्यक्ष - शरद कुमार गौचन
उपाध्यक्ष - शशि गौचन
उपाध्यक्ष - अनिल भट्टचन
उपाध्यक्ष - दिपक गौचन
महा-सचिब - राजु शेरचन
कोषाध्यक्ष - बुद्धि गौचन
प्रवक्ता - सन्तोषी गौचन (मनोनयन)
सचिब - हेमन्त कुमार शेरचन
सचिब - सञ्जिब गौचन
सह-कोषाध्यक्ष - लेनिन भट्टचन
सह-कोषाध्यक्ष - घनश्याम भट्टचन
सदस्य -  सादगि तुलाचन
सदस्य - धन शेरचन
सदस्य - यसोदा गौचन
सदस्य - हिक्मत गौचन
सदस्य - सुरज शेरचन
सदस्य - अरुण भट्टचन
सदस्य - जयकार शेरचन
सदस्य - बिकल भट्टचन
सदस्य - हिरा शेरचन
सदस्य - जिवन भट्टचन
सदस्य - बिज्ञान गौचन 
सदस्य - सुमन गौचन
सल्लाहाकारहरु
बिनोद शेरचन
दिपक भट्टचन
प्रकाश तुलाचन
बुद्धि शेरचन
मनोज तुलाचन
गोविन्द तुलाचन
बिजय गौचन
बिशेष सल्लाहाकारहरु
ध्रुब भट्टचन
शरद शेरचन
नपेन्द्र भट्टचन
संरक्षक
डा. योगेन तुलाचन









































अनलाईन मेडियामा प्रकाशीत समाचार लिन्कहरुको लागि तलतिर क्लिक् गर्नुहोला ।
वूईलभ नेपाल डटकम
वुईलभ नेपाल डटकम (फोटो ग्यालरि)
नेपाल जापान डटकम
नेपाल जापान डटकम (फोटो ग्यालरि)
समुद्रपारि डटकम
समुद्रपारि डटकम (फोटो ग्यालरि)
टोक्यो नेपाल डटकम
डिसि नेपाल डटकम
नेपाल ब्रिट्रेन डटकम
फ्रिनेपाल डटकम
एचके नेपाल डटकम
एचके नेपाल डटकम (फोटो ग्यालरि)
नेपाल होराईजोन्स डटकम
ब्रुसेल नेपाल डटकम (फोटो ग्यालरि)
शरद कुमार गौचनको नेतृत्व चयन गर्दै थसेस जापानको २१ औं साधारण सभा सम्पन्न
थकाली सेवा समिति जापानले आफ्नो २१ औं बार्षिक साधारण सभा तथा थकालीहरुको महान चाड फागुपुर्णिमा "तोरन्ल" एवं नेपाली नया बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै एघारौं महा-अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल देखी पाल्नु भएका लुम्बिनि भ्रमण बर्ष २०१२ को अबैधानिक दुत तथा सर्वोच सिखर सगरमाथा आरोहि एवं बयोवृद्ध गिनिज बिश्व रेकर्डर मिन बहादुर शेरचनको प्रमुख अतिथ्यमा आयोजित उत्त कार्यक्रमको बिशेष अतिथिमा वुईलभ नेपाल डटकमका प्रधान संपादक सोनाम शेर्पा र अर्का बिशेष अतिथि तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ सहित अन्य अतिथिहरुमा नेपाल जापान डटकमका प्रधान संपादक शरद शेरचन, नेपाल जापान सास्कृतिक संघका अध्यक्ष बिनोद शेरचन र थसेस जापानका अग्रज नपेन्द्र भट्टचन र दिपक भट्टचनको पनि उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि तथा सगरमाथा आरोहि बिश्व कृतिमान मिन बहादुर शेरचन लगायत बिशेष अतिथि र ड्यासमा आषण अतिथिहरुले सामुहिक रुपमा ब्यानर खोलेर उटघाट्न गर्नुभएको थियो । त्यसपश्चात थकाली पहिरणमा सज्जिएका थकाली महिलाहरु दिना गौचन, समि शेरचन र चिजु भट्टचनले थकालीहरुको चार देवता र नरिझ्यवलाई पुजा अर्चना एवं खिमि झोजि (पृतु पुजा) गर्दै समुदघाटन कार्यक्रम सम्पन्न गरेका थिए ।
समितिका सह-कोषाध्यक्ष तथा खेलकुद संयोजक, दिपक गौचनले स्वागत भाषण एवं खेलकुद उप-समितिको बार्षिकि बिवरणहरु र समितिको उदेश्य, आवश्यकता, वर्तमान अबस्था सहित बिबिध क्रियाकलापहरुको बारेमा बोल्नुभएको थियो । त्यस पश्चात समितिका कोषाध्यक्ष बुद्धि गौचनले संस्थाले अति नै पारदर्शी रुपले ब्यबस्थित गर्दै आएको आब्यब्य प्रतिवेदन सरल, सुलभ र सहजै बुझ्ने तरिकाले प्रोजेक्टर सलाईड मार्फत प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि वयब कमिटिका संयोजक शरद शेरचनले पनि आफ्नो उपसमितिको गतिबिधि प्रष्ट्याउनु हुदै २१ औं शताब्दिको बर्तमान कम्युटर जमानामा बिश्वलाई सानो गाउको रुपमा परिवर्तन बनाएको छ र हामि पनि उत्त आईति संसारको भरपुर उपयोग गर्दै संस्थाको गतिबिधि र हरेक कार्यक्रमहरु वयब साईट मार्फत सार्वजनिक गरिएको र आम महानुभावहरुको संस्था प्रतिको सबैखालको प्रतिक्रियाहरुको लागि हार्दिक स्वागत गर्दछौं भन्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि समितिका महा-सचिब अनिल भट्टचनले बिगत २ बर्षमा नेपाल लागि गरिएका आर्थिक सहयोग लगायत अन्य बिबिध सहयोग, जापानमै गत बर्ष दैवि प्रकोपमा २ पटक गरिएको आर्थिक सहयोग सहित भुकम्प तथा सुनामि एवं बिकिरण पिडित क्षेत्रमा आफु सहित ३ सदस्य प्रत्यक्ष सम्मिलित भई खाना खुवाउने कार्यमा संलग्न भएको कार्य प्रगति बिवरण लगायत अन्य दर्जनौं संस्थाको गतिबिधिहरु संक्षिप्त बिस्तृत ब्यहोरा सहित समितिको बार्षिकि प्रतिवेदन स्वरुप पेश गर्नु भएको थियो । सभाहलबाट सम्पुर्ण प्रस्तुत प्रतिवेदन उपर निर्बिवाद रुपमा सर्वसम्मतिबाट तालिको गढगढका साथ पास भएको थियो ।
त्यसपश्चात, थसेस जापानको तर्फबाट बिभिन्न गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्गनिर्देशन गर्दै समितिको मान, मर्यादा र प्रतिस्ठा बढाउने कार्य गरेबापत सर्वोकृष्ट ब्यक्तित्वहरुलाई अध्यक्षद्धारा सम्मान पत्र र खादाअर्पण गरि सम्मान गरिएको थियो । जसमा वनलाईन पत्रकार सोनाम शेर्पा, समाजसेवी राजु हिराचन, समाजसेवी जापानीज मोचिजुकि कियोहिको, समितिका कोषाध्यक्ष बुद्धी गौचन र सल्लाहाकार नपेन्द्र भट्टचन हुनुहुन्थ्यो ।
त्यसैगरि बिश्वकै जेष्ठ नागरिकको रुपमा सबभन्दा अग्लो हिमचुलि सगरमाथा आरोहित तथा लुम्बिनी भ्रमण बर्ष २०१२ को अबैधानिक सदभावनादुत मिन बहादुर शेरचनलाई र गत मार्च १८ मा सम्पन्न २१ औं शुभकामना साँझको स्थानिय कलाकारहरु क्रमश: सन्तोषी गौचन, प्रमिला डंगोल (गौचन), सारदा भट्टचन, स्परट भट्टचन, सोनि भट्टचन, अपेक्क्षा लिम्वु र संजिमा शेरचनलाई पनि धन्यबाद सम्मान सहित खादाअर्पण गरिएको थियो । साथै थकाली समुदायका नवविवाहित जोडि,राजु शेरचन तथा समि शेरचन, बिश्वबिध्याल ग्य्राडज्युट बिध्यार्थी सन्तोषी गौचन एवं जापानमा नव आगन्तुक चिजु भट्टचन र राजेन्द्र शेरचनलाई पनि संस्थाको तर्फबाट बढाई, स्वागत सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा सगरमाथा आरोहित बिश्व कृतिमान जेष्ठ नागरिक मिन बहादुर शेरचनले आफ्नो मन्तब्यको क्रममा बि.स. १९८८ असार ६ गते म्याग्दी जिल्लामा जन्मिएर ७२ बर्षको उमेरमा नेपालको पुर्व मेची देखि पश्चिम महाकाली लगायतका ठाउमा पैदल यात्रा गरिसकेको र २००८ मे २५ तारिखका दिन ७६ बर्षको उमेरमा सफलतापुर्वक बिश्वको सर्वोच शिखर सगरमाथामा आरोहण गरेर बिश्वकै बयोबृद्ध नागरिकको रुपमा गिनिज वल्ड बुकमा रेकर्ड राख्न सफल भएको जानाकरि गराउनु भयो ।
साथै फेरि पनि २०१२ सालमा ८१ बर्षको उमेरमा पुन सगरमाथा चढेर नया कृतिमान कायम गर्ने योजना रहेको जानाकारि दिदै शेरचनले आफैले आफ्नै नया कृतिमान पुन कायम गर्ने र उत्त कृतिमान हाम्रो नेपालमै रहनु पर्छ भन्ने मान्यता र भावना रहेको ईच्छा जाहेर गर्नुभयो ।
त्यसको निमित्त बिदेशी कंम्पनीहरुले प्रस्ताव गरिरहेको भएता पनि त्यस्तो सोच नरहेको बताउदै म राष्ट्र बिकास र पर्यटन प्रवद्धनको लागि निरन्तर लागि परेको र म बिदेशी कम्पनीको नाममा नभई आफ्नै स्वदेशको नाममा बिश्वको सर्वोच्च शिखर आरोहण गर्न चाहान्छु त्यसको निमित्त केहि आर्थिक सहयोग नेपाल सरकारको तर्फबाट र नेपालमै संकलन भईसकेको बाकि केहि आर्थिक सहयोग रकम संकलनको लागि जापानबासि एनआरएन र बिभिन्न संघसंस्थालाई पनि हार्दिक अनुरोध गर्दछु मन्तब्यमा भन्नु भयो ।
अन्तमा पहिलो चरणको कार्यक्रमलाई सभापति तथा समितिका अध्यक्ष शरद कुमार गौचनले आफु थसेस जापानको स्थापना काल देखि हालसम्म निरन्तर २१ बर्ष निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तिता मिठा अनुभव सहित थसेस जापानको ईतिहास लेख्न हरपल लागि पर्ने प्रतिबद्धता सहित आफ्नो २ बर्षे कार्यकालमा सहयोग गर्नु भएका सम्पुर्ण जापानबासी थकालीहरु र आफ्ना सहयात्रि टिमलाई समेत हार्दिक धन्यबाद दिदै बर्तमान कार्य समिति भंग गर्नु हुदै बन्दसत्रमा प्रवेश गराउनु भएको थियो ।
तत्पश्चात निर्वाचन कमिटिका संयोजक शरद शेरचन द्धारा घोषित थसेस जापानको आउदो कार्यकालको लागि पुन शरद कुमार गौचनकै अध्यक्षतामा ३३ नवनिर्बाचित नया कार्य समिति सर्वसहमतिबाट चयन गरिएको कुरा जानाकारि गराउनु भएको थियो, घोषित उपाध्यक्षहरुमा क्रमश: शशि गौचन, अनिल भट्टचन र दिपक गौचन, महा-सचिबमा राजु शेरचन, सचिबमा हेमन्त कुमार शेरचन र सञ्जिब गौचन, कोषाध्यक्षमा बुद्धि गौचन, सह-कोषाध्यक्षमा लेनिन भट्टचन र घनश्याम भट्टचन रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा, सादगि तुलाचन, सन्तोषी गौचन, धन शेरचन, यसोदा गौचन, हिक्मत गौचन, सुरज शेरचन, अरुण भट्टचन, जयकार शेरचन, बिकल भट्टचन, हिरा शेरचन, जिवन भट्टचन, बिज्ञान गौचन र सुमन गौचन निर्वाचित हुनु भएको छ ।
समितिको सल्लाहाकारहरुमा, बिनोद शेरचन, दिपक भट्टचन, प्रकाश तुलाचन, बुद्धि शेरचन, मनोज तुलाचन, बिजय गौचन र गोविन्द तुलाचन रहनु भएको छ भने, बिशेष सल्लाहाकारहरुमा ध्रुब भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचन सहित संरक्षकमा डा.योगेन तुलाचन यथावथ नै पद ग्रहण गर्नु भएको छ ।
नब निर्वाचित कार्य समितिका अध्यक्षलाई प्रमुख अतिथि मिन बहादुर शेरचनले खादार्पण गर्दै पदिय गोपनियता (सपथ ग्रहण) गराउनु भएको थियो भने नबनिर्वाचित अध्यक्षले आफ्नो सम्पुर्ण कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा बिविध सास्कृतिक कार्यक्रमको शुरुआत सँगै डिनर रिसेप्सन सहित राजु शेरचनको डिजे धमाकाले उपस्थिति सम्पुर्ण महानुभावहरुलाई अन्तसम्म नाचगान र भरिपुर मनोरञ्जन गराएको थियो ।
स्मरण रहोस् सम्पुर्ण कार्यक्रमको संचालन उपाध्यक्ष अनिल भट्टचन र कार्यक्रमको ब्यबस्थापन पक्षको जिम्मा संयोजक लेनिन भट्टचन, सह-संयोजक घनश्याम भट्चन र सदस्य सञ्जिब गौचनले अति नै ब्यबस्थितका साथ तर्जुमा मिलाउनु भएको थियो र उत्त कार्यक्रम हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा बेलुकाको साँढे दश बजे समापन गरिएको थियो ।

No comments: