Tuesday, April 24, 2012

म्याग्देली स्वर्णिम साँझ

सरद डायरि । सोमबार, बैशाख ११, २०६९
म्याग्देली स्वर्णिम साँझ
नेपाली नयाँ बर्ष-२०६९ तथा असहाय एवं अपांगहरुको सहयोगार्थ जापानको गोल्डेन वुईकको तिथिमा पारेर म्याग्देली संञ्जाल जापानले नेपालदेखि कलाकारहरु आमन्त्रण गरी रमाईलो साँगीतिक कार्यक्रम पस्कने तय गरेको छ । जसमा लोक तथा दोहोरी क्षेत्रका चर्चित स्थापित कलाकार खडग गर्बुजा, सुरिलो स्वरका धनी एवं प्रखर दोहोरी गायिका मुना थापा र जिरे खुर्सानीका सुप्रसिद्ध हाँस्य कलाकार जितु नेपाललाई जापानमा निम्त्याएर यहि आउदो ३० अप्रिलका दिन म्याग्देली स्वर्णिम साँझ नामक कार्यक्रम गर्न युद्धस्थरमा तयारि गरिरहेको छ।
कार्यक्रममा स्थानिय चिरपरिचित कलाकारहरुको पनि अपूर्व जमघट हुनुका साथै नवप्रतिभाहरुलाई पनि बिशेष अवसर दिईने भएकोले आफ्नो प्रतिभा पस्कन चाहने ईच्छुक कलाकारहरुलाई समय सिमा भित्रै छिटै सम्पर्क
गर्न आयोजकहरुले अनुरोध गरेका छन् । पहिलो पटक म्याग्देलि संञ्जालले जापानमा नबवर्ष २०६९ एवं आफ्नो जिल्लाका असहाय , अपांगहरुको सहयोगार्थ आयोजित यस कार्यक्रममा उपस्थित भईदिन कार्यक्रमका संयोजक तथा सञ्जालका उपाध्यक्ष महेन्द्र बानियाले जापानबासी नेपालीहरुमा हार्दिक निमन्त्रणा गर्नु भएको छ । कार्यक्रम टोक्योको ईताबासीस्थित हाईप्लाजा नामक हलमा अपरान्ह ठिक तिन बजेदेखि शुरुहुने जानाकारिमा आएको छ ।
नेपालजापान डटकम
समुद्रपारि डटकम

No comments: