Saturday, April 21, 2012

सफ्टवयरको सहयोगले बिश्वभरिकै टेलीभिजन हेर्न सकिने ।

सरद डायरि । शुक्रबार, बैशाख ८, २०६९
ईन्टरनेट दुनिया प्रत्येक सेकेन्ड नया कुराहरुको आबिष्कार भएको छ, आज फेरि ईन्टरनेट सर्फिङ्ग गर्दै गर्दा एउटा उपयोगी सफ्टवयरको जानाकारि प्राप्त भयो, जुन देहाय बमोजिम रहेकोले उपयोगि ठानेमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । मलाई चाहि राम्रै लाग्यो है ।

निशुल्कको सफ्टवयरले बिश्वभरिकै टेलीभिजन हेर्ने कि?
ईन्टरनेट संसारमा अनलाइन टि.भी च्यानल हेर्ने थुप्रै सफ्टवयरका साथसाथै साईटहरु पनि पाईन्छन । कुनै निशुल्कमा हुन्छ त कुनैको लागि पैसा तिर्नु पर्ने हुन्छ । यहाँ यस्तै निशुल्कमा उपयोग गर्न पाइने एउटा सफ्टवयर को बारे चर्चा गरिदैछ । "Readon TV Movie Radio Player" एउटा यस्तो निशुल्क सफ्टवयर हो जसको मद्तले तपाईंले संसार भरिका चुनिएका टि.भी प्रोग्रामहरु हेर्न र एफ.एम स्टेसनहरु सुन्न सक्नु हुनेछ । हुन त नेपालको सन्दर्भमा यो सफ्टवयर त्यती उपयोगी नहोला किनकी यसको लागि उच्च गतीको ईन्टरनेट Connection को जरुरत पर्दछ तर जहाँ उच्च गतिको ईन्टरनेट Connection छ त्यहा यसमा उपलब्ध टि.भी च्यानलहरु बिना रुकावत मज्जाले हेर्न सकिन्छ ।
यसमा बिभिन्न देशका साथसाथै छिमेकी देश भारतका केही चर्चित टि.भी च्यानलहरु हेर्न सकिन्छ , नेपालका च्यानलको कुरा गर्नेहो भने यसमा अहिले सम्म ३ वोटा च्यानल मात्र add भएका छन जसमा सगरमाथा टि.भी, एन टि.भी र एन टि.भी प्लस । यो सफ्टवयरको अरु खास बिशेषता भनेको यसमा टि.भी च्यानल तथा एफ.एम स्टेसन हेर्न र सुन्न मात्र हैन Record पनि गर्न सकिन्छ र यसका साथसाथै यसबाट Video Converter, Record Audio from pc, Rip Audio CD जस्ता काम पनि गर्न सकिन्छ । तपाईंहरु पनि एक चोटि यो सफ्टवयर डाउनलोड गरी प्रयोग गरी किन नहेर्ने त ?
Software download को लागि यहाँ क्लिक गर्नुहोला

यो प्रोग्राम चलाऊनको लागि तपाईंको कम्प्युटरमा Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी छ ।
Dot Net Framework 3.5 Download को लागि यहाँ क्लिक गर्नुहोला

श्रोत: क्यामज्जा

No comments: