Thursday, April 19, 2012

भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, मेरो भाउज्युलाई ।

स्व. गंगा कुमारि गौचन (७४ बर्ष)

स्थायी ठेगाना : दाना ७, म्याग्दि
(लरागेरा घ्य्हू)
जन्म मिति : १९९५ मंसिर १९ गते                                                स्वर्गारोहण मिति: २०६९ बैशाख ६ गते    
सरद डायरि । बुधबार, बैशाख ६, २०६९
मेरो आफ्नै  सखत्रै भाउज्यु गंगा कुमारि गौचनको  आज देहावसान भएको खवरले साह्रै दु:खीत बनायो । तिन महिना अघि मात्र नेपालमा गएको बेला, उहाकै घरमा (विरामी हुनुहुन्थ्यो) गएर भेटघाट र भलाकुसारि गरेर आएको संम्झना मेरो दिमागमा अझै ताजै छ ।
यो ईश्वरको खेल र जो कोहि मनुष्यले जन्म लिएर यो धर्तिमा टेकेपछि अनन्त यो धर्तिमै माटो सरि बिलाएर जानुपर्ने ध्रुव सत्य हो ।
स्व.गंगा कुमारि गौचनको कान्छि छोरि (मेरो पनि छोरि) सुजा गौचन पनि केहि दिन अघि मात्र आमालाई अलि च्याप्यो भनेर नेपाल फर्किने क्रममा म उसैको काममा गएर केहि सरसामान र भाउजु सहित सबै सपरिवारलाई संम्झना सुनाउनु है भन्दै बिदाई गरेको केहि दिनमै यस्तो दु:खद खवरले हामिलाई साह्रै मर्माहित बनाएको छ ।
हाम्रा अनन्य भाउज्यु स्व. गंगा कुमारि गौचनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद  घडिमा सोकाकुल परिवार प्रति गहिरो भावपुर्ण समवेदना प्रकट गर्दछु ।                                         
भवदिय,
शरद कुमार गौचन
दिना कुमारि गौचन
ताकामाचु, ईकेबुकुरो टोक्यो जापान

No comments: