Monday, March 16, 2015

नाकानो रनिङ्ग फेस्टा २०१५

सरद डायरि । आईतबार, चैत्र १, २०७१

आज पुर्व निर्धारित तिन वटा कार्यक्रम जसरि पनि भ्याउनु नै थियो, जसअनुसार "नाकानो रनिंङ फेस्टा", यो तिन महिना अघि नै हामि परिवारले नै भाग लिने तय भएको थियो । त्यसै गरि कामातामा हुने हाम्रै जापानी मित्रहरुको पहलमा आयोजित "नेपाल फेस्ट" र वेलुकाम हितैषि मित्रको छोराको वयस्क(२० वर्ष पुगेको) को उपलक्ष्यमा "सेईजिन सिकि" को कार्यक्रम...
साथमा घरमा भान्जि ज्वाई, छोरिहरु संगै आफन्तजनलाई पनि फागुपुर्णिमा उपलक्ष्यमा संगै बसेर खाना खाने तय पनि भएको थियो, सबै निर्धारित तर्जुमा कार्यक्रम अनुसार नै राम्रो संग बृहत रुपमा सम्पन्न गर्दे सुरुमा बिहानै ९:५० देखि रनिङ्ग सम्पन्न भयो । हाम्रो सहभागि ४ किलोमिटर म्याराथुनको १५०० सय सहभागिमा म २९३ औं र समिप भने ३७औं हुन सफल भयौं । सर्टिफिकेट र बिभिन्न पुरस्कार हात पारेर छिटै घर तिर पाहुनालाई स्वागत गर्न लाग्यौं, तलतिर म्याराथुनको केहि झलकहरु..


 
मेरो सहभागि नंम्वर
 
म २३२ औं "२५ मिनेट ४७ सेकेण्ड"
 

  
 


 
 समिप ३७ औं "१९ मिनेट ६ सेकेण्ड"


No comments: