Wednesday, March 18, 2015

大使公邸にてネパール外務大臣 Mahendra Bahadur Pandey と会食

सरद डायरि । मंगलबार, चैत्र ३, २०७१
आज नेपालका सम्माननिय परराष्ट्र मन्त्री महेन्द्र  बहादुर पाण्डे संगको भेटघाट संगै डिनर रिसेप्सनको लागि जापानका लागि नेपाली राजदुत ज्युको निवासमा निमन्त्रणा प्राप्त भएको थियो । सोहि बमोजिम निश्चित समयमै अर्का मेरो परम मित्रलाई मेगुरोमा भेटेर लागियो गन्तब्य स्थलतिर ।
मेरो आफ्नै बेवास्ताका कारण सधै बोक्ने झोला नै डिनर रिसेप्सन पश्चात राजदुत निवास मै छोडेर हिडेछु, एकजना भाईको कारमा फर्किदै गरेको बेलामा बिच बाटोमा राजदुत ज्युबाट टेलीफोन आएर मात्र पत्ता लाग्यो कि, आफ्नै भुलले सधै बोक्ने झोला नै छोडेको कुरा, त्यतिखेर नै लिन फर्किउ त घर फर्किनको लागि त्रेन नै नभ्याउने समय भईसकेकोले फेरि पछि खवर गर्ने कुरा राखी राजदुत ज्यु संगको बार्तालाप टुङ्गाय । केहि आवश्यक सरसामान तथा तत्काल प्रयोग गर्नुपर्ने सामान पनि भएकोले र बिशेष कंम्पनि एवं घरकै सेकोम सेक्युरिटि सहितको चापि पनि भएकोले अर्को दिनको बिहानै राजदुत ज्युलाई सम्पर्क गरि सामान लिन जाने कुरा गरि टाईम मिलाए । राजदुत ज्यु तथा सपरिवारलाई सहयोगको लागि हृदय देखी नै धन्यबाद ।





No comments: